हुम्लीको दशैँ महँगो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । हिमाली जिल्ला हुम्ला विभिन्न वस्तुभाउको मूल्य वृद्धि हुँदा दशैँ महँगो हुने गरेको छ । छिमेकी राष्ट्र चीनबाट चिनियाँ च्याङ्ग्रा नआउँदै स्थानीय खसीको मुल्यमा प्रत्येक वर्ष वृद्धि हुँदा हुम्लीको दशैँ महँगो हुने गरेको छ । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा गत वर्षभन्दा यो वर्षको दशैँ झन महँगो बनेको छ ।

चीनसँगको हिल्सा नाका खुलेपनि चिनियाँ च्याङ्ग्राको चीनमा मूल्य महँगो पर्दा यहाँका व्यापारीले च्याङ्ग्रा नल्याउँदा हुम्लीले खसी किन्नु पर्दा दशैँ महँगो भएको हो । विगतका वर्षहरुमा प्रत्येक वर्षको दशैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ हुम्लीको महँगो बनेको सिमकोट–२ ठेहे गाउँका स्थानीय राजबहादुर बोहराले बताउनुभयो । स्थानीय खसीको मूल्य यो वर्ष रु २० हजारदेखि ४५ हजारसम्मको मूल्यमा व्यापारीले खसी बिक्री गर्दा दशैँ महँगो भएको बोहराले बताउनुभयो । चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा रु १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा रु ४५ हजारसम्म पर्न गएको हुनाले यस पटकको दशैँ महँगो भएको बोहराले बताउनुभयो ।

अर्का स्थानीय लोकेन्द्र बोहराका अनुसार हुम्लामा दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडाका साथै हरेक सामानको मूल्य महँगो हुने भएपनि यस वर्षको दशैँमा खसीको मूल्य आकाशिदा गरिब,असायलाई दशैँ मनाउन झन समस्या भएको हो । उसो त खसीको मासुको प्रतिकेजी रु १३ पर्ने गरेको बोहराले बताउनुभयो । बोहराले भन्नुभयो, दशैँमा सबैको मुल्य सस्तो हुनु पर्ने ठाउँमा झन महँगीदै जादा दशैँ पनि खर्चिलो हुनुका साथै प्रत्येक वर्ष महँगो बन्दै गएको छ ।
खसीको मूल्य मात्रै होइन् भान्सामा पाक्ने दैनिक उपभोग्य वस्तु तेल,चिनी, मसला, तरकारीको मूल्य समेत महँगो हुँदै गएको छ । एक माना धारा तेलको रु दुई समय पर्छ भने स्वस्तिक तेलको रु एक सय पचास पर्ने गरेको छ ।

खसी व्यापारी रामजीत बोहराले चीनमा चिनिया च्याङ्ग्राको मूल्य स्थानीय खसीको तौलअनुसार रु २० देखि ४५ हजारसम्ममा विक्री गरिएको बताउनुभयो ।

स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारी बोहराले बताउनुभयो । व्यापारीहरुले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैँका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएको हुँदा महँगो पर्न गएको उहाँले बताउनुभयो ।
हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पा लगायतका नाकाबाट चिनियाँ च्याङ्ग्रा आउँदा विगतका वर्षका दशैँ हुम्लीहरुले सस्तो मूल्यमा खसी किनेर बलि दिने गरेका थिए भने यस पटक महँगो मूल्यमा स्थानीय खसी किनेर बलि दिएका हुन् । खसीको मुल्य महँगो हुँदा अधिकांस हुम्लीले फर्सि, कांग्रा, करेला, चोतो, आलु लगायतका फलफुलको खसी बनाएर बली चडाएको हुन् भने खसीको ठाउँमा यी फलफुलको बली चढाउने प्रचलन गरेको स्थानीय बखत बुढाले बताउनुभयो ।

दशैँ आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । तर यो वर्ष बैशाख १८ गते नेपाल र चीनको सीमाना हिल्सा नाका पूर्णरुपमा सुचारु भएपनि चीनमै खसीको मूल्य महँगो हुँदा हुम्ला भित्रीन नसकेका हुन् । चीनमै यो वर्ष चिनिया च्याङ्ग्राको मूल्य रु ३० देखि माथि पर्ने गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?