डिआर कर्णाली हेल्थद्वारा पाँखामा निःशूल्क स्वास्थ्य सेवा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका-९ पाँखाको जनज्योति माध्यमिक विद्यालयमा डिआर कर्णाली हेल्थ अस्पताल कालीकोटले निःशुल्क स्वास्थ्य सेवा आरम्भ गरेको छ ।

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा उपस्थित बिद्यार्थीलगायत अन्य नागरिकहरुलाई आइपर्ने स्वास्थ सम्बन्धि समस्यालाई मध्यनजर गर्दै उक्त समस्याहरुको उपचार गर्न डिआर कर्णाली हेल्थ अस्पतालले  निःशुल्क स्वास्थ्य सेवाको आरम्भ गरेको हाे ।

कालीकोट जिल्लामा सेवा दिँदै आएको डिआर कर्णाली हेल्थ अस्पतालले नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न हुँदाको मिति सम्म निःशुल्क स्वास्थ्य सेवा दिने र खेल सम्पन्न पश्चात् नागरिकहरुलाई सेवा दिने डिआर कर्णाली अस्पताल कालीकोटका भुपु सभापति दिपबहादुर शाहीले बताउनुभयो ।

निःशुल्क स्वास्थ्य शिबिरको लागि सामाजिक कार्यकर्ताअधिवक्ता हंष्स बहादुर मल्ल, वडा नम्बर-७का अध्यक्ष दिपबहादुर कार्की, वडा नम्बर- ८ काअध्यक्ष नन्दबहादुर मल्ल, वडा नम्बर-९ का वडा अध्यक्ष बिरजित बिष्टको संयोजकत्वमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको डिआर कर्णाली हेल्थ अस्पतालका एमबिबिएस डाक्टर अनिल भुसालले जानकारी दिनुभयो ।

डा. भुसालका अनुसार डिआर कर्णाली अस्पतालले यसअघि पनि कालीकोटका विभिन्न ठाउँहरुमा अस्पतालले निःशुल्क स्वास्थ्य सेवा दिइरहेको बताउनुभयो । ‘उहाँले सामान्य उपचारका लागि सदरमुकाम सम्म धाउनु पर्ने अवस्थाको अन्त्य गर्दै गाउँघरमा भएका विभिन्न खाले बिरामीहरुलाई निःशुल्क स्वास्थ्य उपचार गर्न डिआर कर्णाली अस्पताल कालीकोटले निरन्तर सेवा दिइरहेको बताउनुभयो ।

राष्ट्रपति रनिङ शिल्डमा डिआर कर्णाली हेल्थ अस्पतालले निःशुल्क सेवा दिँदै । तस्बिरः मानबहादुर बिश्वकर्मा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?