फेवातालका डुंगामा फोन पेप्रति आकर्षण

Read Time = 1 min

पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा डुंंगा चढ्दा फोनपे क्युआरमार्फत् भुक्तानी गर्नेको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्युआर सञ्चालनसँगै फेवाताल घुम्न जाने पर्यटकमा फोनपेप्रति आकर्षण बढेको कम्पनीले जनाएको छ ।

फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपेमार्फत् भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरिएको थियो । बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल र फोनपेका सिइओ दिवस सापकोटाको उपस्थितिमा क्युआर भुक्तानी सेवाको सुरुवात गरिएको थियो ।

फोनपेले चाडबाडलक्षित विभिन्न अफरसमेत सञ्चालन गरेको छ । क्युआरमार्फत् भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङको आकर्षक मोबाइल फोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?