बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ ।  बाग्मती गाउँपालिका-७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा परी मोटरसाइकलका चालक बाग्मती गाउँपालिका-६ ठाडीखोलाका स्थायी बासिन्दा २२ वर्षीय सन्तोष दर्लामीको ज्यान गएको छ । सो मोटरसाइकल दुर्घटनामा घाइते भएका अर्का २२ वर्षीय प्रदीप लोप्चन भने उपचारपछि घर फर्किएका छन् ।

सो दुर्घटनामा घाइते भए उपचारका लागि काठमाण्डौ लगिएको थियो । तर, उपचारको क्रममा न्युरो अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?