रुखमा फोटो टाँसेर सांसद शाहीलाई प्रश्न, माननीय ज्यू बाटो कहिले बन्छ ?

नन्दराम जैशी
Read Time = 2 mins

सुर्खेत । पश्चिम सुर्खेतका नागरिकले सांसद दिक्पाल शाहीको फोटो पोष्टर बनाएर रुखमा टाँस्दै प्रश्न गरेका छन् । सांसद शाहीको फोटोलाई पोष्टर बनाउँदै भनिएको छ, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ।’

सांसद शाही दैलेख क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको थियो ।

तर ठेक्का लिएको लामो समय भइसक्दासमेत सडक बन्न नसकेपछि आलोचना हुन थालेको हो । उक्त सडक गत वर्षको असारमा पूर्व सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सडक स्तरोन्नतीको शिलान्यास गर्नुभएको थियो ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँके बिच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ ।

यता सांसद शाहीले आफ्नो कुनै गल्ति नभएको भन्दै सडकका रुख काट्ने अनुमति नपाउँदा समस्या भएको जानकारी दिनुभयो । यस बिषयमा पहल भइरहेको भन्दै रुख काट्ने अनुमति पाउने बित्तिकै धमाधम काम हुने उहाँकाे भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?