गुल्मीमा फरार प्रतिवादी पक्राउ

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीमा फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीसंगको समन्वयमा सन्धिखर्कबाट गुल्मीको मालिका गाउँपालिका-७ का २८ वर्षीय सुजन भन्ने ओमबहादुर नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

डिएसपी पाण्डेका अनुसार नेपालीलाई गुल्मी जिल्ला अदालतबाट किर्ते सम्बन्धी कसूर र नागरिकता सम्बन्धी कसूर मुद्दामा २०७९ पुस १८ को फैसला बमोजिम दुई बर्ष कैद सजाय र १५ हजार ५५० रुपियाँ जरिवाना तोकिएको थियो । कैद सजाय र जरिवाना तोकिएसंगै नेपाली फरार थिए ।

फरार भएका प्रतिवादी नेपालीलाई खोजतलास गर्ने क्रममा आइतबार अर्घाखाँचीको सन्धिखर्क एरीयामा पक्राउ गरी गुल्मी जिल्ला अदालतमा पेश गरि अदालतको आदेश बमोजिम कैद सजाय र जरिवाना रकम भुक्तानको लागी जिल्ला कारागार कार्यालय तम्घास गुल्मीमा पठाइएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?