९ जना कलाकार जुवातास खेल्दै गर्दा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको मैतीदेवीको एक डान्स सेन्टरबाट ९ जना कलाकार जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।
शनिबार जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो ।

उक्त डान्स तालिम केन्द्रलाई अभिनेता गजित विष्टले संचालन गर्छन् ।उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?