काठमाडौं । पराक्रमी गति, आक्रामक नीति जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय बिजनेस रिभ्यु मिट आयोजना गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८०/०८१ को बाँकी समयावधिका लागि सेल्स रणनीतिको तर्जुमा गरिएको कम्पनीले जनाएको छ । कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापक तथा प्रादेशिक प्रमुखहरूको सहभागिता थियो ।
कम्पनीका वरिष्ठ सञ्चालक अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको भन्दै नेपाल लाइफ आफंैमा जीवन बिमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्राण्ड रहेको बताउनुभयो । अहिलेको विषम परिस्थितिमा पनि कम्पनीले जीवन बिमा बजारको २७ प्रतिशत बजार हिस्सा ओगट्दै बजारको लिडरका रूपमा आफूलाई स्थापित गराउन सफल भएको उहाँको भनाइ थियो ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कर्मचारी तथा अभिकर्तालाई चालु आर्थिक वर्षको पहिलो त्रैमासको कार्यसम्पादनका लागि धन्यवाद दिँदै चालु आर्थिक वर्षको व्यापार लक्ष्य पूरा गर्न दत्तचित्त भई कार्य गर्न आहृवान गर्नुभएको थियो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले कम्पनी नेपालको मार्केट लिडर भएको कारण कम्पनीको जिम्मेवारी अधिक रहेको भन्दै कार्यसम्पादनमा जोड दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच