काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलको गु्रप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त गरिएको छ । उहाँलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गर्नुभयो । आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गर्नुभएको थियो ।
कम्पनीका अनुसार चार्टर्ड एकाउन्टेन्टसमेत रहनुभएका आचार्य लक्ष्मी सनराइजमा आउनुअघि विभिन्न अडिट फर्ममा कार्यरत हुनुहुन्थ्यो । नियुक्तसँगै आचार्यले भन्नुभयो, ‘वित्तीय टेक्नोलोजीलाई तीव्रता दिँदै आएको एफवान सफ्ट ग्रुप दिनानुदिन ठूलो संस्था बनिरहेको छ, यस संस्थालाई वित्तीय क्षेत्रबाट आफूले सहयोग पुर्याउनेछु, यसका लागि म खुसी छु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच