भूकम्पप्रभावित परिवारका लागि जिल्ला जान अरनिको निःशुल्क बस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ।

पूर्वअरनिको यातायात प्रालिले आज जाजरकोट र रुकुमका लागि एक–एकवटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ।

बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन्। भोलि बिहानको लागि पनि बसको व्यवस्था गरिएको छ।

भोलि पृथ्वी यातायातले पनि एउटा प्रभावित परिवारको लागि निःशुल्क बसको व्यवस्था गरेको छ। जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?