प्रि-ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ ।

आइतबार प्रि-ओपन सेसनमा ०.९५ अंक घटेर १८४६.७५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक घटेको छ ।

यो सेसनमा १८ स्टकको ४ लाख ४१ हजार ६८७ रुपैयाँ बराबरको १ हजार ८५० कित्ता शेयर कारोबार भएको छ । जसमध्ये ४ स्टकको मूल्य सो सेसनमा बढेको छ भने १० स्टकको मूल्य घटेको छ । बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?