काठमाडौं । नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको दि नर्थ फेस मलेसिया माउण्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो हुन सफल हुनुभएको छ । मलेसियामा भएको ट्रेल फेस्टिबलमा उहाँले निर्धारित ५० किलोमिटर दूरी ७ घण्टा २७ मिनेट १८ सेकेण्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गर्नुभएको हो । यस विधामा बेल्जियमकी अरो डेसिएरले पहिलो स्थान हासिल गर्नुभएको हो ।
उहाँले निर्धारित दूरी ६ घण्टा ५३ मिनेट ४६ सेकेण्डमा पूरा गर्नुभयो । दक्षिण कोरियाकी बोयोङ जाङले ७ घण्टा २७ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो ।
नेपालबाट रशिलासँगै सहभागी हुनुभएकी छोकी शेर्पा चौथो हुनुभयो । पछिल्लो समय रशिलाले अन्तर्राष्ट्रियस्तरको अल्ट्रा रेसमा नियमित जसो सहभागिता जनाउँदै शीर्ष तीनभित्र पर्न सफल हुनुभएको छ । स्विट्जरल्याण्डमा भएको युटिएमआरमा पहिलो हुनुभएकी रशिलाले चीनमा भएको जिओजी माउण्टेन क्रसिङ कम्पिटिसन, नेपालमा युनिभर्सिटी च्याम्पियनसिप, गोदावरी रनिङ फेस्टिबल, हिमालयन आउटडोर र ४२ किमीको एभरेष्ट म्याराथनलगायतमा सहभागिता जनाइसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच