अफताब आलमको बुद्दामा बहस नोट र टिपोट पेस गर्न अदालतकाे आदेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा बहस नोट पेश गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ ।

इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री आलमको मुद्दामा अदालतले बहस नोट मागेको हो।

आलम सामूहिक नरसंहार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

आलमको मुद्दामा अन्तिम बहस सकिएको छ।

रौतहट जिल्ला अदालतमा केही दिनदेखि चलेको बहस बुधबार सकिएको जिल्ला अदालतका स्रेष्तेदार उद्धव ढोडारीले बताउनु भयो।

उहाँका अनुसार जिल्ला अदाललते १५ दिनभित्र बहस नोट पेस गर्ने पक्ष र विपक्षीका साथै सरकारी वकिललाई पनि आदेश गरेको छ।

यस्तै अदालतका कर्मचारीहरुलाई मुद्दाको सार संक्षेपीकरण बनाएर इजलासमा पेस गर्न पनि आदेशमा भनिएको छ।

जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा आलमको मुद्दामा अन्तिम बहस सुरु भएको थियो।

सरकारी वकिल र आलमका कानुन व्यवसायीले यसअघि नै बहस गरेका थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?