
काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि दराजसँग दराज ११ः११ योजनामा विशेष छुट दिन सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँसम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
योजना अवधिभर सहभागी हुने पहिलो ग्राहकलाई प्राथमिकताका आधारमा छुट प्रदान गरिने र सो छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्ने बैंकले जनाएको छ ।
त्यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना कात्तिक २५ देखि मंसिर ६ गतेसम्म १२ दिन लागू हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच