संसदीय उपसमितिद्वारा सप्तरीमा सञ्चालित विकासीय परियोजनाहरूको स्थलगत निरीक्षण

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 5 mins

राजविराज । संघीय सांसदको पूर्वाधार विकास संसदीय समिति अन्तर्गत गठित संसदीय उपसमितिका संयोजक डा. चन्द्रकान्त राउतको नेतृत्वको टोलीले बिहीबार सप्तरीमा सञ्चालित विकासीय परियोजनाहरूको स्थलगत निरीक्षण गरिएको छ ।

उपसमितिले सप्तरीको राजविराजस्थित निर्माणाधीन बसपार्क, राजविराज हटिया, गजेन्द्र नारायण सिंह अस्पतालको निर्माणाधीन भवन, हुलाकी सडक लगायतको योजनाको अनुगमन गरी कार्यप्रगतिबारे जानकारी लिएको छ ।

राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालको काम पूरा नगर्ने प्रवृत्ति कारण दुई र चार महिना सम्पन्न गर्नुपर्नेमा हेलचेक्र्याइँ गरेको बताउँदै दुई महिनामा काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिदै समयमा काम नभए ब्ल्याक लिस्टमा राख्ने चेतावनी दिएको छ ।

२०७७/९/२७ मा काम सम्पन्न गरेर राजविराज नगरपालिकालाई हस्तान्तरण गर्नु हटियाको तीन पटक म्याद थप्दा कार्य सम्पन्न हुन सकेको छैन ।

निरीक्षणको क्रममा सप्तरी क्षेत्र–२ मै रहेका जिल्लाका अधिकांश ठूलाठूला योजनाहरूको अवस्था यस्तै रहेको प्रतिनिधिसभा सदस्य समेत रहनुभएका कार्यदलका संयोजक डा.राउतले बताउनुभयो । निरीक्षणको क्रममा जिल्लामा गौरवका योजनाहरू यसरी लथालिङ्ग हुनुमा सरकार , योजना कार्यान्वयन गर्ने निकाय, ठेक्का कम्पनी , अनुगमनकारी निकाय लगायत सम्पूर्ण पक्षको ठूलो बेवास्ता रहेको राउतले बताउनुभयो ।

संयोजक डा.राउतले संसदीय अनुगमन समिति आइरहेको थाहा पाए पछि प्रमुख ठेकेदार निर्माण स्थलमा नभएको प्रति आक्रोश व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयो, ‘अनुगमन टोली आइरहेको बुझे पनि उनीहरू आएनन्, चरम लापरवाही देखाएको छ ।’

अगाडिको कारबाही सम्बन्धमा संयोजक राउतले समितिमा प्रतिवेदन पेश गरि ठेकेदारसँग छलफल गर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘संसदीय समितिमा प्रतिवेदन पेश गर्ने छौँ, ठेकेदारसँग बसेर छलफल गर्ने छौँ, त्यसपछि पनि काम गर्न लापरवाही गरे कारबाही अगाडि बढाउ छौँ, कालो सुचीमा राख्न सिफारिस गर्छौँ।’

करोडौँको ठूला योजनाहरूको काम हुने ठाउँमा योजनाको विस्तृत जानकारी बारे बोर्ड राखिएको छैन ।

यो अवस्थामा सम्बन्धित ठेकेदारहरूलाई बोलाइनेछ र त्यसअनुरूप पहिलो चरणमा योजना सम्पन्नको लागि उहाँहरूसँग समय माग गर्नेछ र उक्त समयभित्र काम सम्पन्न गरेन भने कारबाहीमा पर्न सक्छन् ।

कार्यदलका सदस्य तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का सांसद दिनेशकुमार यादवले ३५ वर्षअघि शिलान्यास हुँदा पनि निर्माण सम्पन्न हुन नसकेको राजविराज भएको बसपार्क, सात वर्षदेखि निर्माणाधीन रहेका राजविराज हटिया दशकौँ बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेका हुलाकी राजमार्ग लगायत जिल्लाका गौरवका योजनाहरू लथालिङ्ग भइरहँदा सरकारले कार्यप्रगति विवरण, समयमा निर्माण सम्पन्न हुन नसक्नुको कारणहरू बारे बुझ्न कार्यदल खटाएको बताउनुभयो ।

अनुगमन टोलीमा सप्तरी–३ बाट निर्वाचित सांसद दिनेश यादव, सांसदहरू निशा डाँगी र विना लामा, सुशीला श्रेष्ठ रहनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?