खजुरा । बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २-० ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधि जितेको हो ।
विजेता त्रिभुवन आर्मीले आठ लाख नगद र दोस्रो स्थानमा आएको चर्च ब्वाइज क्लबले चार लाख नगद पुरस्कार प्राप्त गरेको आयोजक रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार त्रिभुवन आर्मीका खेलाडीले खेल सुरु भएको ३२औँ मिनेटमा सराज श्रेष्ठले गोल गर्नुभएको थियो भने दोस्रो हाफको ७६औँ मिनेटमा मानबहादुर आलेमगरले गोल गर्नुभएको थियो ।
त्रिभुवन आर्मीका खेलाडी आलेमगरलाई म्यान अफ द म्याच घोषणा गरियो । उहाँलाई पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीका रूपमा आर्मीका टंक बस्नेतलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन संघीयदेखि स्थानीय सरकारको सहयोग हुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच