काठमाडौं । विगत केही दिनदेखि निरन्तररूपमा बढ्दोक्रममा रहेको सेयर बजार साताको अन्तिम कारोबार दिन भने दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से ११.८५ अंकले घटेर १८५२.०८ अंकमा झरेको हो । दुई सय ८२ कम्पनीका २८ लाख ३३ हजार सात सय ३१ कित्ता सेयर ८३ करोड ६० लाख पाँच हजार छ सय ५६ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार सेयर ७८ करोड २७ लाख ४३ हजारको कारोबार भएको थियो ।
कारोबारमा आएका सबै उपसमूहगत सूचक घटेका छन् । सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरको सेयर मूल्य ६.९६ प्रतिशतले बढेर पाँच सय सात रुपैयाँ पुगेको छ । सनराइज ब्लुचिप फण्ड ५.८५, ओरियन्टल होटल ४.०३, समाज लघुवित्त ३.८७ र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.३१ प्रतिशतले सेयर मूल्य बढेको छ । माउण्टेन इनर्जीको सेयर मूल्य सर्वाधिक ६.५८ प्रतिशतले घटेको छ भने नेपाल एसबिआई बैंक ६.४३, मायाखोला हाइड्रोपावरको ६.३७, बुद्धभूमि नेपाल हाइड्रोपावर ५.४० र मेन्छियम हाइड्रोपावरको ५.२८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर सिमेन्टको सात करोड ७० लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोल्टी होटलको तीन करोड ८१ लाख, हाथवे इन्भेष्टमेन्टको तीन करोड ६४ लाख, तारागाउँ रिजेन्सी होटलको दुई करोड ३० लाख र सानिमा जिआइसी इन्स्योरेन्सको एक करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच