काठमाडौं । नेपालस्थित टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस महाएक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सिसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सिसी ड्रममा स्मार्ट कनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ । शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भन्नुभयो, ‘ग्र्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै टिभिएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गर्न पाउँदा हामी हर्षित छौँ । सडकमा आफ्नो साहस देखाउन चाहने जोकोहीका लागि यो स्कुटर उपयुक्त हुनेछ ।’
कम्पनीका अनुसार टिभिएस एनटर्क ड्रममा ९.४ पिएस पावरसहितको बलियो १२५ सिसी इन्जिन रहेको छ भने यसमा रहेको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कुटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ । टिभिएस एनटर्क ड्रम रेडको मूल्य दुई लाख ३५ हजार नौ सय रुपैयाँ रहेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको टिभिएस महाएक्सचेन्ज महोत्सव आगामी शनिबारसम्म जारी रहने बताइएको छ । महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टिभिएस ब्राण्डका प्रोडक्टसँग एक्सचेन्जमा ५० हजारसम्मको थप एक्सचेन्ज भ्यालु पाउन सक्ने, शून्य ब्याजदरमा २५ प्रतिशतसम्मको डाउन पेमेन्टमा टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने, हेल्मेट, बाइक कभर र ब्याग पनि निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी महोत्सवमा नकिन्दा एक लाख र किन्दा पाँच लाखसम्मको नगद छुटका साथै बम्पर उपहारमा १० लाखसम्म जित्न सकिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच