काठमाडौं । आयोजक अल्टिच्युड क्लब सुनसरीको इटहरीमा जारी प्रथम अल्टिच्युड रनिङ कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । र इटहरी १९ स्थित बरमपुर खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक क्लब सप्तकोशी फुटबल क्लब बराहक्षेत्रलाई एक-शून्य गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
आयोजकका लागि भुवन बस्नेतले गरेको गोल नै निर्णायक बन्यो । बस्नेतले पहिलो हाफमा थपिएको अतिरिक्त दुई मिनेटको समयमा गोल गर्नुभएको थियो । उहाँ खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद दुई हजार ५०० पुरस्कार हात पार्नुभयो ।
आयोजकले अब उपाधिका लागि शुक्रबार हुने एपिएफ पकली र रक्की फुटबल क्लब आरआई एफ्सी काठमाडौं बीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद दुई लाख २२ हजार र उपविजेताले एक लाख ११ हजार रुपैयाँ हात पार्ने क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाले बताउनुभयो । प्रतियोगितामा काठमाडौंका दुईसहित १० टिमको सहभागिता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच