गुल्मीमा राति साढे ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

रमेश विश्वकर्मा गुल्मी, संवाददाता

फाइल तस्बिर

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारको समयमा साढे ९ बजेसम्म देउसी भैलो नाचगान लगायतका कार्यहरु गर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेद्वारा जारी सूचनामा यस्तो आग्रह गरिएको छ ।

कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक दबाब दिएर वा रकम नतोक्न आग्रह गर्दै सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरु नगर्न, नगराउन सो सूचनामा उल्लेख गरिएको बताइएको छ ।

तिहारको समयमा पटका, आतिसवाजी जस्ता प्रज्वलनशिल एवम् विष्फोटक पदार्थ उत्पादन, ओसारपसार विक्री वितरण र प्रयोग नगर्न,नगराउन र मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजिनक स्थलमा होहल्ला, झै(झगडा गरी शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि कार्य नगर्न, नगराउन बताइएको छ ।

चाडपर्वमा जुवातास लगायतका पैसाको हारजित हुने कानून विपरीतका कार्यहरु नगर्न उल्लेख गर्दै सावारीसाधनहरुको छतमा बस्ने, झुण्डियर यात्रा गर्ने कार्य नगर्न, नगराउन तथा विभिन्न बाहना बनाई लामो(छोटो दुरिका भाडाका सवारीसाधनहरुले यात्रुसँग बढी पैसा असुल गर्ने, दुर्व्यवहार गर्ने, क्षमता भन्दा बढी यात्रु राख्ने गरेको पाइएमा प्रहरीलाई तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ ।

पर्वहरु मनाउने सन्दर्भमा हुन सक्ने अवाञ्छित कार्यहरुको नियन्त्रण गरी जनचाहना बमोजिम सुरक्षित एवम् शान्तिपुर्ण चाडपर्व मनाउने जिम्मेवारी सबैको भएकोले सभ्य, सुरक्षित, मर्यादित एवम् शान्तिपुर्वक दीपावली तथा छठपर्व मनाउन सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?