काठमाडौं । इसेवा मनी ट्रान्सफरले युकेस्थित ट्यांगो पेको साझेदारीमा आइफोन योजना ल्याएको छ । योजना जनवरी १५ सम्म लागू हुनेछ, जसअन्तर्गत युकेबाट ट्यांगो पेमार्फत् रेमिट्यान्स पठाउने एक भाग्यशालीले जित्नेछन् आइफोन १५ ।
साथै इसेवा मनी ट्रान्सफरमार्फत् इसेवा वालेटमा सिधै पैसा पठाउने एक भाग्यशालीले जित्नेछन् काठमाडौंमा घर । योजनाअन्तर्गत ग्राहकले जुनसुकै माध्यम अर्थात् इसेवा वालेट, बैंक वा सोझै नगद पठाई आइफोन जित्ने मौका सुनिश्चित गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भन्नुभयो, ‘इसेवा सेवा मनी ट्रान्सफर ग्राहकको अनुभव अभिवृद्धि गर्न थुप्रै योजना जारी गर्दै सहज सेवा प्रदान गर्न प्रतिबद्ध छ, ट्यांगो पेकोे साझेदारीमा आइफोन योजना सुचारू भएसँगै अब युके बस्ने नेपालीहरूले इसेवा मनी ट्रान्सफरमार्फत् सहजरूपमा पैसा पठाई आइफोन १५ जित्न सक्नुहुनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच