गाजामा बिस्थापित प्यालेस्टिनीहरू थप मानवीय पीडामा

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 2 mins

काठमाडाैं । गाजामा बिस्थापित प्यालेस्टिनीहरू थप मानवीय पीडामा डुबेका छन् ।

गाजापट्टीमा लडाइँ बढ्दै गएपछि हजारौं प्यालेस्टिनीहरूसँग गाजाको उत्तरबाट दक्षिण भाग्नुको विकल्प थिएन । विस्थापित बासिन्दाहरूलाई बस्ने विद्यालय र अस्पतालहरू नभएको उनीहरुको गुनासो छ । उनीहरूले आधारभूत चिकित्सा आपूर्ति र दैनिक आवश्यकताहरूको सामना गरिरहेका छन् ।

त्यस्तै अर्का एक डाक्टरले अस्पतालमा २५ दिन यता काम गरिरहेको तर काम बढी भएकाले घर जान नपाएको गुनासो गर्नुभयो उहाँले स्वास्थ्य उपकरण अभावका कारण उपचारमा मद्दत गर्न नसकिरहेको गुनासो गर्नुभयो । उपचार क्षमता धेरै कम रहेको उहाँको भनाइ छ ।

बम विष्फोट र विनाशको साक्षीको आघातलाई कम गर्न डाक्टरहरूले बिस्थापित बालबालिकाका लागि चित्रकला गतिविधिहरू आयोजना गर्ने गरेका छन् । बालबालिकाहरूलाई मनोवैज्ञानिक आघातबाट मुक्त गर्नका लागि विभिन्न रमाइला कार्यक्रमको आयोजना गर्ने गरिएको एक मनोचिकित्सकले बताउनु भयो ।

त्यस्तै एक बिस्थापित बालकले बम विष्फोटका कारण घरबाट बिस्थापित हुनुपरेको बताउनु भयो । उहाँले हरेक दिन बम विष्फोट, मृतक र घाइते मानिसहरू मात्रै देख्ने गरेको बताउनु भयो ।

आक्रमणका कारण बालबालिकाको मनोविज्ञानमा ठूलो असर परेको मनोविद्हरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?