सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रित भएर काम गरिरहेको छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय र सुशासन तथा समृद्धिको नारामा केन्द्रित भएर काम गरिरहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा नेपाल संवत ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार सामाजिक न्याय, सुशासन तथा समृद्धितर्फ नागरिकलाई लैजाने दिशामा अग्रसर भएको बताउनु भयो । उहाँले इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूतिहरु भएकाले उनीहरुलाई स्मरण नगरी देश समृद्ध बन्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा आफू पहिलो पटक प्रधानमन्त्री हुँदा गरेको बताउनु भयो । उहाँले नेपाल संवत नेपालीहरुको आफ्नै मौलिकता र इतिहास भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार सामाजिक न्याय र सुशासन तथा समृद्धिको नारामा केन्द्रित भएर काम गर्ने कोशिस गर्दै आएको छ । सामाजिक न्याय भन्दा इतिहासमा गर्व गर्न लायक भनेको हामीले राष्ट्रिय विभूति घोषणा गरि पनि सकेका छौँ । शंखधर साख्वालाई नसम्झि हामी रहन सक्दैनौँ । जसले ऋण मोचनको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम भएको छ । त्यसैले हामीेल राष्ट्रिय विभूति भन्यौँ । उहाँको अभियानसँग नै नेपाल संवत जोडिएको छ । त्यसकारण नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा गर्नुपर्छ भन्ने आवाज धेरैतिरबाट उठेको थियो । नेपाल संवत नेपालीहरुको राष्ट्रिय संवत हो । आफ्नै मौलिकता र इतिहास हो ।’

प्रधानमन्त्री दाहालले आफू तस्रो पटक प्रधानमन्त्री रहँदा मन्त्रीपरिषद्बाट सरकारी दस्ताबेजमा विक्रम संवतसँगै नेपाल संवत पनि लेखिने निर्णय गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?