दक्षिण अफ्रिकालाई हराउदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४७।२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ४९।४ ओभरमा अल आउट हुदै २१२ रन बनाएको थियो ।

अब फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि आयोजक भारतको सामना गर्ने छ । फाइनल खेल आइतबार हुने छ । न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?