गरिवले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्छ : अध्यक्ष सिलवाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिवले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना ‘सही प्लान’ सञ्चालनमा ल्याएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष सिलवालले बीमाको बारेमा आम मानिसमा बुझाउनुपर्ने आवश्यकता देखिएको बताउनु भयो ।

बीमाको बारेमा स्थानीय तहलाई बुझाउनसके मात्र आम सर्वसाधारणले पनि सहजै बुझ्नसक्ने स्थिति रहेको बताउनु भयो । देशका प्रत्येक परिवार र व्यक्तिलाई कसरी आर्थिक रुपमा सुरक्षित र सहयोग गर्ने भन्नेबारेमा प्राधिकरणले काम गरिरहेको बताउनु भयो । मुलुकभित्र राष्ट्रिय बीमा नीति, प्रदेश बीमा नीति र स्थानीय तहको बीमा नीति हुनुपर्ने बताउनु भयो ।

उहाँले आउने समय बीमाको हिसावमा अझै सुखमय हुने बताउनु भयो । आम सर्वसाधारणलाई किन बीमा गर्ने र बीमा गर्दा के हुन्छ ? भन्ने कुराको आवश्यकता बुझाउन जरुरी रहेको बताउनु भयो । उहाँले ७० वर्षको मानिसले प्रिमियम फिर्ता पाउँछ भने ७५ वर्षको मानिसले के गर्ने ? भन्नेबारेमा पनि सोच्न जरुरी रहेको बताउनु भयो ।

कम्पनीले ४० हजारमा २५ लाखको कभरेजको नयाँ जीवन बीमा योजना ल्याएको हो । कम्पनीले कम बीमा शुल्क तिरेर ठूलो रकमको बीमा गर्न सकिने गरी उक्त योजना अघि सारेको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?