✍️ नमस्तेलाल भूमि श्रेष्ठ
नेपालले बागमती शान्ति महोत्सव साथ राष्ट्रिय सरसफाइ सप्ताह (जुन ५ देखि ११), विश्व वातावरण दिवस (जुन ५) र अन्तर्राष्ट्रिय सरसफाइ वर्ष (२००८) पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ६०१ सांसद सदस्यहरू दशरथ रंगशालामा भेला गराई बागमती सफाइ र सरसफाइको प्रवद्र्धन गर्न संकल्प गरिएको थियो । वास्तवमा यति उच्चस्तरीय सहभागिता सरसफाइका लागि उदाहरणीय सुरुवातको रूपमा हामीले लिएका थियौं । जसले गर्दा पछिका दिनमा सरसफाइलाई अगाडि बढाउन अति सजिलो र छिटो हुन सक्यो ।
सन् २०११ नेपालका लागि सरसफाइमा सुनौलो वर्षको रूपमा लिइन्छ, किनभने नेपालले सरसफाइका लागि सरसफाइ गुरुयोजना, समुदाय÷विद्यालयलदेखि केन्द्रीय स्तरसम्म सुझाब संकलन गरी तयार पारिएको थियो । उक्त सरसफाइ गुरुयोजना खानेपानी तथा सरसफाइ मन्त्रालयसहित सातवटा मन्त्रालय (भौतिक योजना तथा निर्माण, स्थानीय विकास, शिक्षा, स्वास्थ्य तथा जनसंख्या, महिला बालबालिका तथा समाज कल्याण, अर्थ, वातावरण मन्त्रालय) र राष्ट्रिय योजना आयोगले अपनत्व लिई क्याभिनेटले अनुमोदन गरी प्रथम राष्ट्रपति डा.रामवरण यादवद्वारा लोकार्पण गरिएको थियो । जसले गर्दा नेपालमा सरसफाइ सामाजिक अभियान आन्दोलनको रूपमा सुरु भई व्यापकता पाउन सफल भयो ।
सन् २०१७ मा नेपालले खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर सरसफाइको पहुँच २०११ मा ४३ प्रतिशतबाट २०१७ मा ९५ प्रतिशत पुग्न सफल भयो । जुन काम देशमा अत्यन्त ठूलो भुइँचालो, छिमेकी देशबाट बन्द, चुनाव र संरचनाको स्थापनाले बाधा र ढिलापन ल्याए पनि प्रगतिको हिसाबले उत्कृष्ट मानिन्छ । सन् २०१९ सेप्टेम्बर ३० सम्ममा, राष्ट्रिय सरसफाइ निर्देशन समितिको बैठकले देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरियो । त्यस पश्चात् राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति बैठक बसी उक्त निर्णयानुसार अगाडि बढाउन खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लामा मिसन ओडिएफ टिममार्फत सहजीकरण र अनुगमन गर्ने काम र त्यस्तै घोषणा तयारी कार्य समूह बनाई अगाडि बढाउने निर्णय भयो । त्यसपश्चात् मिसन ओडिएफ टिम संकल्पसाथ संयुक्तरूपमा र स्वयंसेवकको रूपमा जिल्ला–जिल्लामा (काभ्रे, धादिङ, दोलखा, सिन्धुपाल्चोक, बारा, पर्सा, सर्लाही, धनुषा, महोत्तरी, कपिलवस्तु, काठमाडौं, सोलुखुम्बु र भोजपुर) गई जहाँ समस्या त्यहाँ समाधान भन्ने उक्तिलाई चरितार्थ गर्दै जसरी राजनीतिका लागि क्रान्ति भई गणतन्त्र आयो त्यसरी नै सामाजिक क्रान्ति गर्दा खुला दिसामुक्त घोषणा गर्न गराउन सफल भयौं । जुन कुरा सरकारी निकाय, न त दातृ संस्था, न सरोकारवाला, न त स्थानीय तहलाई नै विश्वास थियो । त्यसैले भनिन्छ गरे के हुन्न । ‘संकल्प नै सफलताको कुञ्ज हो ।’ हामी सक्छौं र गर्छौं एक घर एक चर्पी भन्दै अगाडि बढ्दा सम्पन्न गर्न सकियो । त्यसैले यसको श्रेय हामी केन्द्रदेखि समुदायसम्म सबैको संलग्नताको प्रतिफल हो । जुन प्रतिफल विश्वकै नम्बर वान बन्न पुग्यो । त्यसको प्रष्टाई ज्वाइन्ट मोनिटरिङ प्रोजेक्ट (जेएमपी) रिपोर्ट र युनिसिएफ र डब्लुएचओको डाटाले स्पष्ट रूपमा झल्काएको देखिन्छ । त्यो दिल, दिमाग र देहबाट प्रष्फुटित सेवा नै धर्म हो, धर्म नै कर्म हो भन्ने मानवीय सेवाको संकल्पित समर्पित लक्ष्य थियो ।
हामी भन्ने गर्छौं, ‘सरसफाइ स्वास्थ्य, प्रतिष्ठा र विकासको लागि’ त्यसैले देशको फोहोर दिसाको कलंकलाई खुला दिसामुक्त घोषणाले सफल भई हजारौं बालबालिकाको झाडा पखाला, हैजा, आउँ, निमोनिया जस्ता रोगबाट अपांग र मृत्यु हुनबाट बचाउन सफल हुँदैछौं । त्यस्तै संसारको सबैभन्दा सुन्दर देश नेपाल, फोहोर खुला दिसाको कलंकबाट मुक्त हुँदैछौं । साथै खुला दिसामुक्त हुनु नै विकासको पहिलो खुड्किल्लाको रूपमा अगाडि बढ्नु हामी सबै नेपालीको पौरख र गौरव हो । त्यसैले अत्यन्त खुशी र सन्तुष्टि भई खुला दिसामुक्त घोषणामा सकारात्मक सोच, संकल्प र संयुक्त प्रत्यास नै सफलताको मार्ग हो, भन्ने अवधारणा बन्न गएको छ ।
सन् २०१९ खुला दिसामुक्त घोषणामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत गराउन पनि दौडधूप गर्न पयो । त्यस कार्यक्रमलाई सफल पार्न विद्यार्थीहरूको सहभागिता नितान्त जरुरीदेखि खुला दिसा‘बाई बाई’ पूर्ण सरसफाइ ‘हाई–हाई’ भन्दै राष्ट्रिय झण्डा फरफराउन लगाइयो । त्यसबाहेक हिमालयन बोर्डिङ स्कुल र शिवपुरी माध्यामिक विद्यालयको सम्बन्ध, कार्यक्रममा सहभागी र प्रतियोगितात्मक प्रतिवेदन लेख्न एवं तयारीजस्ता सबै कामकुरामा संलग्न एवं सहयोग गर्न अगाडि बढाउन पाउँदा हर्ष लाग्नु स्वाभाविक हो ।
साथै भोलिका दिनमा निरन्तरता दिँदै, पूर्ण सरसफाइमा जोड गर्दै, नेपाल सरकारले राखेको सन् २०३० सम्म दिगो विकास लक्ष्यलाई पूरा गर्न वाटर सप्लाई एण्ड स्यानिटेशन मन्त्रालय स्थापना साथ फेरि हामी मिली एक हुन अपरिहार्य छ ।
जय सरसफाइ जय चर्पी दिवस
लेखक, सरसफाइ विज्ञ तथा अभियन्ता हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच