छठघाट बनाउन खटिएका युवकको पोखरीमा डुबेर मृत्यु

सांकेतिक तस्बिर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोलमा आज बिहान छठघाट निर्माण गर्न खटिएका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

घर नजिकको पोखरीमा आज बेलुका छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा ईश्वरपुर नगरपालिका–६, बयलवास निवासी भुवनेश्वर साहका २२ वर्षीय छोरा सन्तोष साहको मृत्यु भएको हो ।

बिहान ११ बजेतिर युवकलाई पोखरीको पानीमा डुब्नासाथ उद्धार गरी अमृत हेल्थ केयर बयलवास ल्याइयो । सोही अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जक प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारका अनुसार युवक केही सातापछि अष्टे«लिया जाने तयारीमा थिए । छठ पूजाको भव्य तयारीमा जुटेका स्थानीय युवकको निधनपछि स्तब्ध बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?