प्रदूषण कम गर्न माग गर्दै लुम्बिनी चिनी उद्योग संचालकलाई ध्यानाकर्षण-पत्र

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । लुम्बिनी चिनी उद्योगबाट उत्पन्न प्रदूषण तत्काल नियन्त्रण गर्नुपर्ने माग गर्दै लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति सुनवल, पश्चिम नवलपरासीद्वारा उद्योग संचालकलाई ज्ञापनपत्र बुझाएको छ ।

यूवराज ढकाल संयोजक रहेको ३१ सदस्यीय संघर्ष समितिले उद्योग र सुनवल नगरपालिका विच पटक (पटक भएको सम्झौता कार्यान्वयन हुनुपर्ने,उद्योगबाट निस्केको फोहोर पानी व्यवस्थापन गर्नुपर्ने,उद्योगबाट निस्कने दुर्गन्ध पूर्णरूपमा हट्नुपर्ने र इन्धनको रूपमा प्रयोग भएको धानको भुस तत्काल रोक्नुपर्ने सहित ४ बुदे माग राख्दै आज ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा लुम्बिनी चिनीमिलको प्रदुषणका कारण नगरभित्रका ८० हजार स्थानीय जनताको स्वास्थ्यमा गम्भीर असर पुगेकोले नियन्त्रण गर्न नसके कित बन्द गर्नुपर्ने नभए अन्यत्र ठाउँमा स्थानान्तरण गर्न अनुरोध गरिएको छ । २०६२र६३ सालमा एकाएक उद्योग निजीकरण भएपछि बाट चिनीमिलबाट निस्कने प्रदूषणले विशेषगरी सुनवलको वडा नम्बर १,२,३,४ र ६ का स्थानीयबासी बढि प्रभावित भएका छन् ।

चिनीमिलबाट निस्केको कालो धुवाले घर बाहिर कुनैपनि सामान र धोएर सुकाएको कपडाहरूमा कालो खरानी बस्ने गरेको छ ।त्यतिमात्र नभएर करेसाबारीमा लगाइएका सागसब्वीमा समेत काला टिकाजस्तो बस्नुको साथै दुर्गन्धले सुध्ने र स्वाद पाउने क्षमतामा समेत कमि आएको स्थानीयको गुनासो छ ।

उखु किसानलाई समेत समस्या नहोस् भनी काट्नु भन्दा पहिल्यै उद्योगलाई समस्या समाधान गर्न ज्ञापनपत्र बुझाइएकोले ३ दिन भित्र उद्योगले स्थानीयबासीको समस्यालाई सम्बोधन नगरे मिल संचालन गर्न नदिने संघर्ष समितिका सचिव प्रदिप अर्यालले बताउनुभएको छ ।

लुम्बिनी प्रदेश सांसद खडक बस्नेत,वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा मगर, वडा सदस्य कृष्ण बहादुर क्षेत्री लगायत स्थानीयबासीको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?