
काठमाडौं । दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा रबिनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रबिनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो । गायक रबिनको गत जुलाई ४ मा निधन भएको थियो ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पिभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ । एक्सिसले नेपाल टुरअन्तर्गत काठमाडौंमा पहिलोपटक ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत आफ्नो गीत सुनाउन लागेको हो ।
व्याण्डले कार्यक्रममा आफ्ना चर्चित गीतहरू ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुद्र पारी’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ ।
कार्यक्रममा रबिन एण्ड द न्यू रिभोल्युसनका सदस्यहरूसँग मिलेर अन्य गायकहरूले ‘नेपाल’, ‘भुलमा भूल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायत गीत पनि सुनाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच