काठमाडौं । तिहार र छठ बिदाका कारण करिब एक सातापछि खुलेको सेयर बजार १.३९ अंकले बढेर १८५३.४८ अंकमा पुगेको छ । सोमबार कारोबारमा आएका दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता सेयर एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका १० वटा समूहगत सूचकमध्ये व्यापार सर्वाधिक १.४२, विकास बैंक १.३६, जीवन बिमा ०.९७, निर्जीवन बिमा ०.७५, इन्भेष्टमेन्ट ०.७३, म्युचुअल फण्ड ०.४५, फाइनान्स ०.३२, हाइड्रोपावर ०.३१ र बैंकिङ समूह ०.२० प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधनमूलक समूह १.९१, होटल र पर्यटन १.८३, लघुवित्त १.४२ र अन्य ०.१३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
हिमालयन डिष्टिलरीको सबैभन्दा बढी सात करोड ३६ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ भने सोल्टी होटल छ करोड ८४ लाख ३६ हजार, सोनापुर मिनिरल्स एण्ड आयल्स पाँच करोड ८८ लाख ७८ हजार, हाथवे इन्भेष्टमेन्ट नेपाल तीन करोड ३३ लाख ८५ हजार र शिवम् सिमेन्टको तीन करोड १५ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
ग्लोबल आइएमई लघुवित्तको सेयर सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर नौ सय १५ रुपैयाँ पुगेको छ भने कर्णाली डेभलपमेन्ट बैंक ९.९६, समाज लघुवित्त ८.०७, साहस ऊर्जा ७.७५ र हाथवे ७.२८ प्रतिशतले बढेको छ । फरवाड माइक्रो फाइनान्स र सयपत्री हाइड्रोपावरको सेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेर क्रमशः १०८८.६० रुपैयाँ र ४५६.३० रुपैयाँमा कारोबार बन्द भएको छ । माथिल्लो मैलुङ खोलाको सेयर ९.९९, हिमालयन डिष्टिलरी ७.०१ र पिपुल्स हाइड्रोपावरको ५.३३ प्रतिशतले घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच