
कालीकोट । ‘खुुसी राखौँ बालबालिकाको मुहार, बालमैत्री तिलागुफा समृद्धिको आधार’ भन्ने मूलनाराका साथ कालीकोटको तिलागुफा नगरपालिका चिल्खायालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ । एक भव्य कार्यक्रमबीच आइतबार तिलागुफा नगरपालिका वडा नम्बर-९, १० र ११ लाई संयुक्त रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । घोषणा गरिएका तीनवटै वडाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ (ग) को उपदफा २९ को अधिकार प्रयोग गरी जिल्लाकै र तिलागुफा नगरपालिकाको पाचौँ वडाका रूपमा वडा नम्बर-९ १० र ११ लाई संयुक्त रूपमा बालमैत्री वडा घोषणा कार्यक्रम गरिएको बताइएको छ ।
तिलागुफा नगरपालिका वडा नम्बर-१० का वडा अध्यक्ष मुनबहादुर थापाको सभाध्यक्षता तिलागुफा नगरपालिका नगरप्रमुख शंकरप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, नगर उपप्रमुख महेन्द्रबहादुर शाही, प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, जिल्ला समन्वय समिति कालीकोटका सदस्य वीरबहादुर रावतको विशेष आतिथ्यतामा कार्यक्रम सुरु गरिएको थियो ।
कार्यक्रममा बोल्दै सभाध्यक्ष तथा वडा नम्बर–१० का वडा अध्यक्ष मुनबहादुर थापाले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्धारण गरेका २७ वटा चरण र ५१ वटा सूचक पूरा गरेपछि मात्रै तिलागुफा नगरपालिकाका तीनवटा वडालाई संयुक्त बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको बताउनुभयो । उहाँले स्थनीय सरकार सञ्चालन ऐन २०७४ को अधीनमा रही काम कार्य गरिरहेको बताउँदै बालअधिकार संरक्षण र प्रवद्र्धनका लागि तिलागुफा नगरपालिका दत्तचित्त भएर लागि परेको बताउनुभयो ।
तिलागुफा नगरपालिकामा किर्डाक नेपाल कालीकोट र सेभ द चिल्ड्रेनद्वारा सञ्चालित सहयात्रा दोस्रो परियोजनामार्फत ‘नगरपालिकाले नगरका ११ वटै वडालाई विगतका वर्षदेखि नै बालमैत्री नगरपालिका घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सबै सूचकहरू पूरा गर्न लागिपरेको कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताउनुभयो ।
शिक्षा, आधारभूत खानेपानी, बालविवाह मुक्त, बालश्रम मुक्त, बालमैत्री संरचना निर्माण, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको समेत व्यवस्थापन नगरपालिकाले गरेपछि नगरपालिकाका यी वडा बालमैत्री घोषणा भएका हुन् । केही पुराना संरचना बालमैत्री छैनन्, सुधार गर्न सक्नेलाई बालमैत्री बनाइयो, नगरपालिकाले नयाँ निर्माण गर्ने संरचनाहरू बालमैत्री बन्ने गरी मात्रै नक्सा पास गर्ने गर्ने, बालविवाह अन्त्यका लागि सेचतनामूलक कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकको रणनीतिक योजना रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच