जिम्बाबेमा हैजाकोको कारण १२ जनाको मृत्यु

न्युज एजेन्सी नेपाल
Read Time = 3 mins

काठमाडाैं । जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ ।

हैजाको फैलावट रोक्नको लागि बढ्दो स्वच्छता अभ्यासहरूको लागि आह्वान गरिएको हो । शहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ । यस हप्ता धेरै व्यक्ति हैजाबाट संक्रमित भएको विज्ञहरुको भनाइ छ । सहजै रोकथाम गर्न सकिने रोग भएपनि सफा पानीको अभावका कारण हैजा फैलिएको स्थानीयहरुको भनाइ छ ।

प्रकोपको केन्द्रबिन्दु कुवाडजानाको उच्च-घनत्व उपनगर रहेको छ । सो स्थानबाट अस्पतालमा भर्ना भएका लगभग आधा मानिसहरु छन् । हरारे सिटी काउन्सिलका महामारी विज्ञान र रोग नियन्त्रण प्रमुख माइकलका अनुसार हरारे शहरले बढ्दो जनसंख्यालाई पर्याप्त धाराको पानी उपलब्ध गराउन सकेको छैन । जसले गर्दा बासिन्दाहरूले अशुद्ध पानीको सहारा लिइरहेका छन् ।

हरारेको मुख्य स्रोत लेक चिवेरोबाट शहरले प्राप्त गरिरहेको पानी धेरै दुषित रहेको बताइएको छ । उहाँले शहर वासीले पर्याप्त स्वच्छ पानी पाउन नसकेको र आवश्यक स्वच्छ पानी आपूर्ति गर्न असक्षम रहेको बताउनु भयो । उहाँले आवश्यक पानी आपूर्तिको लगभग एक तिहाई मात्र स्वच्छ पानी पाउने गरेको बताउनु भयो ।

जिम्बाब्वेका स्वास्थ्य र बाल हेरचाह मन्त्री डगलस मोम्बेशोराले अहिलेसम्म हैजाका कारण कम्तिमा १२ जनाको ज्यान गएको बताउनु भयो । जसमा कुवाडजानाबाट सात जनाको मृत्यु भएको छ ।

हरारेबाट देशका सबै क्षेत्रहरूमा मानिसहरूको धेरै आवतजावत छ । हरारेमा भएका हैजाका बिरामीहरु घटाउने काममा लागिरहेको भएपनि सफल हुन नसकेको स्थानीयहरुको भनाइ छ । हैजाको प्रकोपलाई सम्बोधन गर्न सरकारले राष्ट्रिय हैजा प्रकोप प्रतिक्रियाको लागि १२ मिलियन अमेरिकी डलर बजेट स्वीकृत गरेको छ ।

त्यस्तै सरकारले हस्तक्षेप गरेर नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनुपर्ने नागरिकहरुको माग छ । आफू स्वच्छ पानी किनेर खान नसक्ने उनीहरुले बताए ।

त्यस्तै अर्का स्थानीयले कहिलेकाहीं दुई वा तीन हप्तासम्म पानी बिना बस्ने गरेको र सो अवस्थामा शौचालय फ्लस गर्न नसक्नाले पनि रोग निस्किएको बताउनु भयो ।

अधिकारीहरूले सर्वसाधारणलाई अनाधिकृत बजार वा सार्वजनिक जमघटमा नजान सल्लाह दिइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?