-नृपेन्द्रबहादुर मल्ल
मुगु । मुगु छायाँनाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा भएको चार जनाको सामुहिक हत्यामा संलग्न अपराधिलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै छायाँनाथ रारा नगरपालिकाले जिल्ला प्रहरी कार्यालय मुगु,अनुसन्धानमा खटिएको प्रहरी टोलि र प्रहरी नायव उपरीक्षक विरेन्द्र थापालाई मंगलबार सम्मान गरेको छ ।
छिटो, छरितो, शान्ती र स्थानिय जनता मैत्री भएर सामुहिक हत्याको अनुसन्धानमा खटिइ हत्याको कारण र हत्यारा पत्ता लगाउन सफल भएको भन्दै छायाँनाथ रारा नगरपालिकाले नेपाल प्रहरीलाई सम्मान गरेको हो ।
गत महिना कार्तिक १० गते छायाँनाथ रारा नगरपालिका-६ मुन्दु गाउँका स्थानियहरुले दुई दिन देखि एक घरमा ताला लागेको, घर परिवार कोहि बाहिर नदेखिएको खबर गरे लगत्तै प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाको नेतृत्वमा मुन्दु गाउँमा पुगेको प्रहरी टोलिले बन्द ढोका खोल्दा एक आमासहित ३ छोरा छोरिको विभल्स हत्या गरेर घर बाहिर ताला लगाएको फेला पारेको थियो ।
घटनाको अनुसन्धान बाँकेमा रहेको कर्णाली प्रदेश प्रहरी, कर्णाली प्रदेश प्रहरी सुर्खेत, कर्णाली प्रदेश केनाइ शाखा, केन्द्रीय अनुसन्धान व्युरो र मुगु प्रहरी टोलिले अनुसन्धान गरेको थियो ।
घटनास्थलमा रहेको ४ प्रहरी अनुसन्धान टोलिले म्यानुल्ली र केन्द्रिय अनुसन्धान व्युरोले प्रविधि अनुसन्धान गरि हत्यामा संलग्न रहेको भन्दै हत्या भएको १५ दिनमा २ जना हत्या आरोपी मृतकका मामाका छोरा र सानिआमाका श्रीमानलाई पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको थियो ।
प्रहरीको कार्यले जिल्लामा अपराधिक कृयाकलाप नियन्त्रणमा ठूलो सहयोग पुगेको र अपराधिले जति प्रमाण नष्ट गरेर अपराध गरेपनी अपराधिलाई प्रहरीले ढिलो चाडो पत्ता लगाइ कानुनी कठघरमा उभ्याइ छोड्ने सन्देश दिएकोले प्रहरीको कार्यलाई उच्च सम्मान गर्दै प्रहरीको मनोवल र हौसला बढाउन स्थानिय सरकारका नाताले नगरपालिकाले सम्मान गरेको नगरप्रमुख विष्णु कुमार भामले बताउनु भयो । काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्ड दिने चलन हामिबाटै शुरुवात गर्नु पर्छ। सबैलाई एउटै ठाउमा राख्नु हुदैन भन्ने मान्यताले अनुसन्धानमा दिनरात खटिने प्रहरीलाई सम्मान गरेको पनि नगरप्रमुख भामले बताउनु भयाे ।
नगरप्रमुखबाट सम्मान पत्र ग्रहण गर्दै प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले यस्ता खालका सम्मान, समन्वय र सहयोगले नेपाल प्रहरीलाई हौसला मिल्ने गरेको र प्रहरी संगठन प्रति जनताको विश्वास झन बढ्ने विश्वास व्यक्त गर्नु भयो ।
नगरपालिकाको सम्मान प्रहरीलाई मात्र नभएर अनुसन्धानमा सहयोग गर्ने सबैको सम्मान भएको पनि प्रनाउ थापाले बताउनु भयो ।
मुन्दु सामुहिक हत्यामा २८ वर्षिया आमा श्रीदेवी बोहोरा, ११ बर्षिया छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ५ महिने छोरा रहर बोहोराको हत्या भएको थियो ।
हत्याका आरोपी गोपाल बहादुर बोहोरा मृतक श्रीदेवीका सहोदर मामाका छोरा दाजु नाता पर्थे भने अर्का आरोपी गोर्खराज शाही श्रीदेवीका सानी आमाका श्रीमान नाताले काका नाता पर्थे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच