प्राप्त व्यवस्थालाई संस्थागत गर्न राजनीतिक दलहरु सचेत हुनुपर्छ : नेता सिंह

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको व्यवस्थालाई संस्थागत गर्न सबै राजनीतिक दलहरु सचेत हुन आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार शंखधर साख्वा दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँलेसबै मिलेर अधिकार प्राप्तिको लागि आन्दोलनबाट ल्याएको व्यवस्थालाई सुरक्षित गर्न सबै एक ठाउँमा आउनुपर्ने बताउनु भयो । नेता सिंहले २०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न ३० वर्ष लामो संघर्ष गर्नुपरेको विषयलाई सबै राजनीतिक दलहरुले बिर्सन नहुने बताउनु भयो । उहाँले २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै राजनीतिक पार्टीहरुको कार्यगत एकताको आधारमा आन्दोलन गरी गुमेको अधिकार प्राप्त गरेको सम्झना सबैलाई रहेको उल्लेख गर्नुभयो । उहाँले कसैले कुनै ठाउँबाट कुनै आवाज निकाल्यो भन्दैमा डराउन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालको विशेषता भनेको अधिकार प्राप्तिको लागि सबै मिलेर आन्दोलनमा जान्छौं । ठूला–ठूला आन्दोलनहरु हामीहरुले गरिसकेका छौं । आन्दोलनले प्राप्त गरेका अधिकारहरु जुन छन् । प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै अधिकारहरुलाई संस्थागत गरेर सम्पन्नतामा अगाडि बढाउने काममा राजनीतिक दलहरु सचेत हुनुपर्छ । २०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न ३० वर्ष लामो संघर्ष गर्नुपरेको कुरालाई बिर्सनु हुँदैन । २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै राजनीतिक पार्टीहरुको कार्यगत एकताको आधारमा आन्दोलन गरी गुमेको अधिकार प्राप्त गरेको सम्झना छ । २०६३को जनआन्दोलनपछि दुई वटा संविधान सभाको निर्वाचन गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रत्मक समावेशी संविधान जुन छ । संविधानलाई सुरक्षित राख्दै संविधानको भावना र मर्मलाई कार्यान्वयन गर्नलाई आवश्यक संघीय कानूनहरु निर्माण गरेर अधिकार दिलाउने काममा सरकार अघि बढ्नुपर्छ । कसैले कुनै ठाउँबाट कुनै आवाज निकाल्यो भन्दैमा व्यवस्था परिर्वतन भयो भन्दैमा परिस्थितिमा कति भिन्नता आएको छ भन्नेकुरा २०४६ सालदेखि आन्दोलन गर्नेहरुलाई अनुभव रहेको छ ।’

उहाँले २०६३ को जनआन्दोलनपछि दुई वटा संविधान सभाको निर्वाचन गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रत्मक समावेशी संविधानलाई सुरक्षित राख्दै संविधानको भावना र मर्मलाई कार्यान्वयन गर्न सरकारले आवश्यक संघीय कानूनहरु निर्माण गरेर अधिकार दिलाउने काम गर्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?