सर्लाही । मलंंगवा नेपालको वन औषधि र खनिजलाई आयुर्वेद औषधि बनाएर विश्वलाई निर्यात गर्न सक्ने क्षमता रहेको ३ दिवसीय अन्तराष्ट्रिय आयुर्वेद सम्मेलनले निष्कर्ष निकालेको छ ।
कात्तिक २३ गतेदेखि २४ गतेसम्म जनकपुरमा भएको सम्मेलनबारे बुधबार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी कार्यक्रमका संयोजक डाक्टर राकेशकुमार सिंहले सम्मेलनबाट आयुर्वेद औषधि उत्पादनको प्रमुख थलो नेपाल बन्न सक्ने निष्कर्ष निकालेको जानकारी दिनुभएको हो ।
सहभागी आयुर्वेदका विज्ञहरुले आयुर्वेदको लगानीले विकसित राष्ट्र बनाउन सकिने निष्कर्ष निकालेको पत्रकार सम्मेलनमा बताउनु भयो ।
सम्मेलनमा नेपाल, भारत, बंगालदेश, मरिससलगायत राष्ट्रबाट ९७१ जना सहभागी भएका डाक्टर सिंहले बताउनु भयो । पत्रकार सम्मेलनमा डाक्टर झाले आफूले संचालन गरेको ब्रम्हभूमी हेल्थ रिसर्च सेन्टरमा गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै अब आगामी दिनमा सरकारले तोकेको ओपिडी शुल्क नलिने घोषणा गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच