पशुपति र चाँगुनारायण मन्दिरमा भक्तजनको घुँइचो (फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । आज देशभर हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई बोलिचालीका भाषामा ठूलो एकादशी पनि भनिने गरेको छ । एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ ।

चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने गरिन्छ ।

हरिबोधनी एकादशीको दिन काठमाडौं उपत्यकाका पशुपतिनाथ, चाँगुनारायण र बुढानीलकण्ठ मन्दिरमा आज भक्तजनको घुइँचो छ ।

हेर्नुहोस् तस्बिरहरुः

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?