मङ्गोलियामा अत्याधिक जाडोका कारण ठूलो पशुधनको क्षति हुने अनुमान

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । २१ मङ्गोलियन प्रान्तहरूमध्ये कम्तिमा १० वटामा अत्यधिक जाडो भएको बताइएको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले बिहीवार जमिनमा जमेको हिउँका ठूलो संख्यामा पशुधन मर्ने अवस्थामा पुगेको बताएको हो ।

“पश्चिममा बायान-उल्गी, उभ्स, खोव्द, जाभखान र गोवी-अल्ताई, साथै पूर्वमा खेन्टी र दोर्नोगोभीलगायत कम्तीमा १० प्रान्तहरूले अत्याधिक जाडोको महशुस गरिरहेका छन् । पूर्वमा सुखबाटार र उत्तरमा बुल्गान लगायत आठ प्रान्तहरूमा पनि जाडो बढेको बताइएको छ ।

२०१६ मा मङ्गोलियामा जाडोका कारण १ लाख भन्दा बढी पशुधन मरेका थिए । पशुधन क्षेत्र मङ्गोलियन अर्थतन्त्रको केन्द्रिय स्तम्भ हो । २०२२ को अन्त्यमा देशको कुल पशुधन जनसंख्या ७१.१ मिलियन थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?