नेपाल बहुुधार्मिक, सांस्कृतिक, भाषिक, जाति र भूूगोलमा विभाजन भएको मुुलुुक हो । संसारमा नेपालको आफ्नै पहिचान रहेको छ । यही पहिचानमा जीवित रहेको देश हो नेपाल । नेपाल संस्कृतिका दृष्टिले धनी मानिएको देश हो । भौतिक सम्पन्नताले भरिएको संसारमा मानिसले आफ्नै पहिचान बोकेको छ । यो देशको वर्तमान पुुस्ताले लोकपरम्परा र रीतिथितिलाई बिर्सने अवस्था आएको छ । यही चिन्तालाई मनन् गर्दै हाम्रा संस्कृति तथा परम्परालाई संरक्षणको आवश्यकता महसुस गरी २०७१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराका प्रा.डा.कुुसुुमाकर न्यौपानेको सक्रियतामा लोकवार्ता परिषद् गठन भयो । नेपालका जुुनसुुकै समाज, भूूगोल र जातजातिमा रहेका हाम्रा प्राचीन मान्यता, परम्पराको संरक्षण गर्नु यसको सबैभन्दा पहिलो दायित्व बनेर आएको देखिन्छ । यही दायित्व र कर्तव्यका लागि स्थापना भएको संस्था हो लोकवार्ता परिषद् ।
बाह्रौँ संगोष्ठीका रूपमा लोकवार्ता परिषद् बाग्लुुङ र म्याग्दी जिल्लाका विभिन्न ग्रामीण भेगमा आफूूलाई लैजान सफल भएको छ । वि.सं. २०८० कात्तिक २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रमसहित संस्कृतिविद् प्रा.डा. प्रेमकुुमार खड्काको अध्यक्षतामा सम्पन्न भयो । बाग्लुुङमा समुुद्घाटन भएको उक्त कार्यक्रमको समापन भने म्याग्दी जिल्लामा भएको थियो । विविधताले भरिएको नेपालको सांस्कृतिक, मौलिक, भाषिक र लोकपरम्पराको संरक्षण गर्नु यसको दायित्व रहेकाले नितान्त लोकवार्ता परिषद् गाउँले जीवन र संस्कृतिसित मितेरी लगाउने संस्था रहेछ भन्ने कुरा प्रमाािणत भएको छ । यो संस्थाको निस्वार्थ भावनाले कार्यक्रमलाई जीवन्त बनाएर पस्केको थियो ।
भ्रमणमात्र उद्देश्य होइन ?
लोकवार्ता परिषद्को उद्देश्य नेपालका विभिन्न ग्रामीण क्षेत्रको भ्रमणमात्र होइन नेपालका विभिन्न जातजाति, भाषाभाषी र भूूगोलमा रहेका हाम्रा पूर्खाको पहिचानलाई बाहिर ल्याउनुु हो । यस सन्दर्भमा लोप हुने अवस्थामा रहेका लोकका सम्पत्तिलाई लिपिबद्ध गर्नु नै यसको कर्तव्य र उद्देश्य रहेको देखिन्छ ।
लोकवार्ता परिषद्को उद्देश्य नेपालका विभिन्न ग्रामीण क्षेत्रको भ्रमणमात्र होइन नेपालका विभिन्न जातजाति, भाषाभाषी र भूूगोलमा रहेका हाम्रा पूर्खाको पहिचानलाई बाहिर ल्याउनुु हो । बाहिर ल्याउने सन्दर्भमा संरक्षणको पर्खाइमा रहेका, लोप हुने अवस्थामा रहेका लोकका सम्पत्तिलाई लिपिबद्ध गर्नु नै यसको कर्तव्य र उद्देश्य रहेको देखिन्छ । स्थानीयतहमा रहेका तर राज्यको नजर नपुुगेका धार्मिक, सांस्कृतिक, भाषिक र जातिगत संस्कृतिको रक्षा नै यसको उद्देश्य देखिने गरेको छ । स्थानीयतहका सांस्कृतिक धरोहर र संरक्षणको पर्खाइमा रहेका लोकपरम्परालाई अध्ययन अनुुसन्धानसहित लिपिबद्ध गर्नुु पनि यसको महत्त्व रहेको मानिन्छ ।
गाउँमा रहेका प्राचीन नाच र लोकपरम्परामा नेपालको संस्कृतिमा रहेका विविधतामा संरक्षण र सम्बर्धन गर्नु पनि यसको योगदान रहेको देखिन्छ । यसका साथै गीत, नाच र लोकजीवनका महत्त्वलाई संरक्षण र सम्बर्धन गर्न महत्त्वपूूर्ण योगदान दिएका व्यक्तिलाई सम्मान गर्नु पनि यसको मुख्य दायित्व देखियो । धार्मिकस्थलको ऐतिहासिकता, लोकसमाजमा रहेका सामाजिक मूल्य मान्यता, आजको पुुस्ताले बिर्सँदै गएका सन्दर्भलाई बाहिर ल्याउनुु पनि लोकवार्ता परिषद्को मूल आधार रहेको तथ्य देखियो ।
काठमाडौँबाट कात्तिक १९ गते बिहान पाँच बजे आरम्भ भएको यात्रा सोही दिन पोखराको पृथ्वीनारायण क्याम्पसको सभाकक्षमा सभाका रूपमा परिणत भयो । लोकसाहित्यका अध्येता प्रा.डा. कुुसुमाकर न्यौपानेले गन्धर्वबाट मालसिरी गीत सुुनाउन लगाउनुुभयो । गन्दर्वलाई सम्मान गरेको लोकवार्ता परिषद्ले पोखराको बाटुुुलेचौरमा रहेको जनकवि केशरी धर्मराज थापा प्रतिष्ठानको अवलोकन गर्यो । नेपाली लोकसाहित्यको अध्ययनमा समर्पित धर्मराज थापाका छोराहरूले थापाको कीर्ति र उहाँको मिहिनेतलाई संरक्षण गरेको देख्दा अचम्मै लाग्यो । यसपछि लोकवार्ता परिषद् बाग्लुुङतिर हानियो ।
उक्त दिनको बसाइ बाग्लुुङमा भयो । बाग्लुुङको हटिया नगरपालिकामा आयोजना गरेको कार्यक्रममा लोप हुुन लागेको सालैजो गीतको संरक्षण र सम्बर्धनमा जुुटेका युुवायुुवतीबाट गीत सुुन्ने अवसर पाइयो । आजकल नगाइने तर पहिले लोकप्रिय बनेको सालेजो गीत सुुनियो । गल्कोटको दरवार त्यसको ऐतिहासिकता र गल्कोट टेउवामा रहेको मूूर्तिकलाको नमुनालाई अवलोकन गर्ने अवसर त्यहाँको स्थानीयतहले दिलाएकोमा हामी आभारी रहृयौँ । यो अवलोकन भ्रमणको उद्देश्य त्यहाँ रहेका प्राचीन विकासमा देखिएका कुराको अध्ययन र अर्वाचीन मान्यतालाई आधार मानेर बनाईएका मूूर्तिहहरूको अवलोकन थियो ।
बाग्लुुङको सांस्कृतिक, भाषिक र लोक परम्पराको अध्ययन भ्रमणपछि केही गोष्ठीपत्रहरू त्यहाँ प्रस्तु्ुत गरिएका थिए । गोष्ठीपत्रमा स्थानीयतहमा रहेका र संरक्षणको अभाव र नास हुनलागेका ऐतिहासिक, सांस्कृतिक, लौकिक मान्यतामा केन्द्रित रहेको देखियो । बाग्लुुङको कार्यक्रमका लोकवार्ता परिषद्का महासचिव प्रा.डा.ध्रुुवप्रसाद भट्टराईले लोकवार्ता परिषद्को आवश्यकता किन प¥यो ? यसले के गर्छ ? लोकवार्ता परिषद् भनेको के हो ? भन्ने सन्दर्भमा जानकारी गराउनुुभयो । यस संस्थाका अध्यक्षको प्रा.डा.प्रेमकुमार खत्रीको सक्रियता र विश्वास गजबको देखिएको थियो ।
बाग्लुुङ धार्मिकस्थलको भ्रमण
बाग्लुुङ कालिका मन्दिरको पनि ऐतिहासिक तथ्य रहेछ । पर्वतका राजा नारायण मल्लले पाल्पाका राजा मणिमुुकुुन्द सेनकी छोरी विसं १५५१ मा विवाह गरेर ल्याउँदा राजकुमारीले पाल्पा माझकी देवीलाई ल्याएर यहाँ प्राणप्रतिष्ठा गरेकी रहिछन् । यो मन्दिरमा आज पनि खड्का पुुजारी हुने गरेको तथ्य त्यहाँ जानकारी पाइयो । सिद्धपीठका रूपमा रहेको कालिका मन्दिरको दर्शनका बारेमा उक्त मन्दिर सञ्चालक समितिका अध्यक्ष कुमार खड्काले हामीलाई जानकारी गराउनुुभयो । यसका साथै लोकवार्ता परिषद्को टोलीले संसारकोट, ठूलाकोट, रायँरायँकोट, कारीकोट र ताराजालकोट मिलेर बनेको पञ्चकोटको परिचय पायो विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीबाट । यसरी पञ्चकोटको परिचयपछि स्वामी श्रीधराचार्यद्वारा स्थापना गरिएको एकलाख पच्चिसहजार शालिग्राम शिलाको दर्शन गरियो ।
नेपाल बहुुधार्मिक मुलुुक हो । यहाँका धार्मिकस्थलको आफ्नै पहिचान रहेको छ । बाग्लुुङको कालिका मन्दिरमा खड्का पुुजारीका रूपमा रहनुु र उक्त मन्दिरको गर्भगृहमा श्रीयन्त्र रहेको जानकारी समेत हामीले पायौँ । यी धार्मिकस्थलको अवलोकनले हामीलाई नेपाली समाजको विविधतालाई जानकारी दियो । वागलुुङमा रहेका धार्मिक स्थलको भ्रमण अवलोकन र गोष्ठीपत्रको प्रस्तुुतिपछि लोकवार्ता परिषदको टोली म्याग्दी जिल्लाको सदरमुुकाम बेनीबजारमा आएर रात्रिबास बसेको थियो ।
म्याग्दीका गाउँमा लोकवार्ता परिषद्
म्याग्दीको मालिका गाउँपालिकाको प्रभुुचेला डाँडा (स्वर्गद्वारीका महाप्रभुुले तपस्या गरेको) हुनाले यस डाँडालाई प्रभुुचेला डाँडा भनिएको रहेछ । त्यहाँको प्राकृतिक सौन्दर्यको अवलोकनपछि मालिका गाउँपालिकाले पस्केको आतिथ्यलाई लोकवार्ता परिषद्ले सहर्ष स्वीकार गरेको थियो । लोकवार्ता परिषद्की म्याग्दी जिल्ला संयोजक प्रतिभा पुुनले गरेको व्यवस्थापकीय पक्ष साह्रै सराहनीय देखियो । मालिका गाउँपालिकामा त्यहाँको सोरठी नाच तथा थाली नाचको अवलोकन र केही औपचारिक कार्यक्रमपछि नौवटा गोष्ठीपत्रमाथि प्रकाश पारिएको थियो । गाउँपालिका अध्यक्षले समेत गोष्ठीपत्र तयार गर्नुले स्थानीयतह आफ्ना सांस्कृतिक मूूल्य मान्यता र परम्परालाई जीवित राख्ने मान्यतामा समर्पित रहेको देखियो ।
मगर गाउँ रहेको उक्त स्थानमा मगरका सांस्कृतिक तथा ऐतिहासिक सन्दर्भलाई समेत कार्यपत्रको विषय बनाइएको थियो । त्यहाँका लोकगायकलाई सम्मान गर्नु, गाउँले जनजीवनको महत्त्वका बारेमा लोकवार्ता परिषद्का सबै सदस्य चनाखो रहेको समेत देखियो । गाउँले जीवनको सहजपनलाई लोकवार्ता परिषद्को भ्रमणमा रहेका सबै सदस्यहरूले गम्भीर कोणबाट मनन गरेका थिए ।
यसका साथै कात्तिक २३ गते लोकवार्ता परिषद्को यात्रा म्याग्दीको अन्नपूूर्ण गाउँपालिकातर्फ लाग्यो । चार घण्टा तीस मिनेटको मोटर यात्रापछि पुुगिएको उक्त स्थानमा पनि राम्रो आतिथ्य गाउँका बासिन्दाबाट लोकवार्ता टोलीले प्राप्त गर्यो । संयोजकको प्रभावकारी भूूमिका र संयोजनले परिषद्का कुनै पनि सदस्यले सास्ती भोग्नुुपर्ने अवस्था आएन । उक्त गाउँमा पुन (मगर)हरूको बाहुुल्य रहेछ । उनीहरूको पुख्र्यौली नाचको अवलोकन, पुुनका कुुलदेवता (करवाकेली) र पुुनहरूले स्थापना गरेको सङ्ग्राहलयको अवलोकन लोकवार्ता परिषद्बाट भएको थियो । त्यहाँको चलन उनीहरूको आफ्नो पहिचानको आवश्यकतालाई जसरी लोकवार्ता परिषदका हरेक सदस्यले नियाले त्यो देख्दा वास्तविक जीवन गाउँमै छ भन्ने धारणाले प्रभुुत्व जमाएको थियो ।
यो बाह्रौँ संगोष्ठीले बाग्लुुङ र म्याग्दीका गाउँमा रहेका सामाजिक, सांस्कृतिक, लौकिक धरातलमा रहेका सन्दर्भहरूलाई बाहिर ल्याउन चालेको कदम हो । नेपालमा रहेका कतिपय संस्थाले जीवन्तता पाउन नसकेको अवस्थामा बाह्रौँ संगोष्ठीलाई निर्विघ्नपूूर्वक समापन गर्नुलाई सराहनीय काम मान्न सकिन्छ ।
अन्नपूूर्ण गाउँपालिकाको काफलडाँडाँमा आयोजना गरिएको यो कार्यक्रममा नौवटा गोष्ठीपत्रहरू प्रस्तुत भएका थिए । स्थानीय रूपमा अध्ययन गराउने शिक्षकहरूले गोष्ठीपत्र प्रस्तुत गर्दा त्यहाँका स्थानीयरूपमा संरक्षणको पर्खाइमा रहेका विभिन्न किसिमका लोकमा रहेका प्रचलित कुराहरूका बारेमा गोष्ठीपत्रहरू प्रस्तुत भएका थिए । कार्तिक २४ गते बिहान म्याग्दीको गलेश्वर धाम तथा तातोपानी भ्रमण अवलोकनपछि लोकवार्ता परिषद्ले म्याग्दी बहुुमुुखी क्याम्पसमा कार्यक्रम आयोजना गरेको थियो । बाह्रवटा गोष्ठीपत्रको प्रस्तुत गरेपछि लोकवार्ता परिषद्का काठमाडौँबाट गएका विद्वान्हरूको काठमाडौँतर्फ यात्रा सोझिएको थियो । लोकवार्ता परिषद्को उक्त गोष्ठीमा समग्रमा सन्ताउन्न विभिन्न विषयका गोष्ठीपत्रहरू प्रस्तुत भएका थिए ।
महनीय कार्य
बाह्रौँ संगोष्ठीका लागि बाग्लुुङ र म्याग्दीका विभिन्न गाउँको भ्रमण अवलोकन गर्ने उद्देश्यको यो संगोष्ठीको सफलता पक्ष महनीय रहृयो । अध्यक्ष र महासचिवको आन्तरिक व्यवस्थापनमा आरम्भ भएको यात्राले गाउँले जीवनलाई नजिकबाट हेरेको देखियो । गाउँले जीवन र त्यहाँका सांस्कृतिक महत्वका विषयमा नेपाल सरकारको सांस्कृतिक मन्त्रालय पुुग्नुुपर्ने ठाउँमा लोकवार्ता परिषद् पुुगेको देखियो । लोकवार्ता परिषद् आयोजक रहेको उक्त संगोष्ठीलाई सफल पार्न नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति, सदस्य सचिव र दुुईजना प्राज्ञहरूको उपस्थिति थियो ।
यो बाह्रौँ संगोष्ठीले बाग्लुुङ र म्याग्दीका गाउँमा रहेका सामाजिक, सांस्कृतिक, लौकिक धरातलमा रहेका सन्दर्भहरूलाई बाहिर ल्याउन चालेको कदम हो । नेपालमा रहेका कतिपय संस्थाले जीवन्तता पाउन नसकेको अवस्थामा बाह्रौँ संगोष्ठीलाई निर्विघ्नपूूर्वक समापन गर्नुलाई सराहनीय काम मान्न सकिन्छ । स्थानीय तह नगर र गाउँपालिककाले जुुन किसिमको उत्साहसाथ लोकवार्ता परिषद्को कार्यक्रमलाई अङ्गीकार गरे त्यसले आफ्ना प्राचीन परम्पराप्रति गाउँले जीवनमा रमाएका मानिसलाई देखेर यो पंक्तिकार पनि आश्चर्यमा परेको थियो ।
गाउँले जीवनले आफ्ना प्राचीन र परापूूर्वदेखि चलि आएका परम्पराको संरक्षण सम्बर्धनलाई प्राथमिकताका साथ हेरेको छ । सहरिया सभ्यतामा जस्तो तछाँँडमछाड्को अवस्था त्यहाँ देखिएन । जीवनलाई सहज तरिकाले बाँच्न जान्ने ती गाउँका बासिन्दाको चोखो माया र स्नेह लोकवार्ता परिषद्का सबै सदस्यले पाएका थिए । लोभलाग्दो आतिथ्यता र गाउँको भोजनले हाम्रो मनलाई साह्रै लोभ्याएको थियो ।
यस संगोष्ठीले जसरी गाउँको जीवनलाई आधार मानेर गाउँमा रहेका हाम्रा परम्पराको संरक्षण, सम्बर्धनका लागि जुुन किसिमको सक्रियता देखायो त्यसले हाम्रा सबै जीवनका उपलब्धि गाउँमा छन् भन्ने कुरालाई प्रमाािणत गरिदिएको छ । गाउँको विकासभन्दा पनि गाउँमा रहेका हाम्रा धरोहरलाई जीवन्त र संरक्षण गर्न लिखित दस्तावेज बनाउने लोकवार्ता परिषद्को सराहनीय कार्यलाई धन्यवाद । यो बाह्रौँ संगोष्ठीका लागि आफूू पनि जान पाएकोमा लोकवार्ता परिषद्प्रति आभार व्यक्त गर्दछुु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच