मुगुका पालिकाहरुमा राष्ट्रपति रनिङ्ग शिल्डको रौनक

हिमालय टाइम्स
Read Time = 4 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मुगुका चारवटै स्थानिय तहहरुमा अहिले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको रौनक छ ।

पालिकाहरुको आयोजनामा पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको आयोजनामा पालिका भरिका माध्यमिक तहका विद्यार्थीहरुविच विभिन्न खेलका विधामा प्रतिस्पर्धात्मक खेल खेलिँदा जिल्ला भरी खेलकुदको रौनक भएको हो ।

पालिका स्तरबाट छनौट भएका विद्यार्थी खेलाडिहरुलाई जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रतिस्पर्धाका लागि सहभागी गराइनेछ ।

पालिका स्तरमा पालिकाहरुले सहभागी विद्यालयका विद्यार्थी खेलाडिहरुलाई भलिबल, कवड्डी, कराते, तेक्वान्दो, ज्याव्लिङ्ग थ्रो, सटफुट, हाइजम्फ, लङ्गजम्प, त्रिपलजम्फ, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३५०० मिटर दौड खेलाइने छ भने यी खेलहरु छात्र/छात्र र छात्रा/छात्रा विच प्रतियोगितात्मक प्रतिस्पर्धा गरिने छ ।

सोरु गाउँपालिकाले आइतबार सोरुकोटको पोग्ग्रीमा पालिकाका उपाध्यक्ष केशरजङ्ग शाहिको हातबाट पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन गराइ खेल खेलाइ रहेको छ ।

मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले वडा न १४ मा रहेको नाफा चौरमा गत ९ गते शुक्रवार नगरप्रमुख विष्नुकुमार भामबाट उद्घाटन गराइ खेल खेलाइ रहेको छ ।

खत्याड गाउँपालिकाले पनि गत ८ गते शुक्रवारबाट वडा नं. ३ मा रहेको कालिका माध्यमिक विद्यालय बुगाको चौरमा पालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु गरेर सम्पन्न समेत गरिसकेको छ ।

यता मुगुम कार्मारोङ्ग गाउँपालिकामा एक मात्र माध्यमिक विद्यालय भएकाले पालिकाले यो प्रतियोगिताको आयोजना नै गरेन ।

जिल्ला खेलकुद विकास समिती सबै पालिकाहरुलाई मंसिर १३ गते भित्र पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सक्न पत्राचार गरेको थियो ।

सबै पालिकामा सकिएपछी १३ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कहाँ र कहिलेबाट शुरु गर्ने भनेर बैठक बसी सार्वजनिक गरिने १३ औ राष्ट्रपति रनिङ्ग शिल्ड जिल्ला स्तरिय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्कीले बताउनु भयो ।

उसै त हिउँदका समय कृषकहरु फुर्सदिला भएका हुन्छन । आफ्नै पालिकामा खेलकुद प्रतियोगिता हुँदा गाउलेहरु हेर्न उपस्थित हुँदा पालिका स्तरिय राष्ट्रपति प्रतियोगिताको रौनकै छुट्टै छ ।

जिल्ला भरी रहेका २७ माध्यमिक विद्यालयहरु मध्य २६ माध्यमिक विद्यालयहरुले आ-आफ्नो पालिकाले आयोजना गरेको प्रतियोगिता भाग लिएर विभिन्न खेलमा खेलाडी विद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?