चार्टर्ड एकाउन्टेन्टमा भविष्य राम्रो छः गभर्नर अधिकारी

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउन्टेन रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्‌स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताउनु भयो ।

उहाँले पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउन्टेन्टको काम महत्वपूर्ण हुँदै गएको बताउनु भयो । उहाँले चार्टर्ड एकाउन्टेन्ट पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको बताउनु भयो ।

गभर्नर अधिकारीले भन्नुभयो,‘प्रविधिको विकाससँगै कार्यालयहरुमा चार्टर्ड चार्टर्ड एकाउन्टेन्टको काम महत्वपूर्ण हुँदै गइरहेको छ । विश्वव्यापीकरण परिवर्तनहरू चलिरहेको छ । हामीलाई आज थाहा भएको कुराले भोलि काम नगर्न सक्छ, त्यसैले हामीले आफ्नो पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा पुनः परिभाषित गर्ने अवसरको रूपमा परिवर्तन गर्दै लैजानुपर्छ । यसबाहेक व्यवसायको विश्वव्यापी प्रकृतिको अर्थ भनेको चार्टर्ड चार्टर्ड एकाउन्टेन्सी अन्तर्राष्ट्रिय सन्दर्भमा बढ्दो रूपमा अपग्रेड हुँदै गइरहेको छ। विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने आफ्नो क्षितिज फराकिलो बनाउन यो अवसर हेर्नुपनि उत्तिकै महत्वपूर्ण छ। नेपाल र विदेशका सबै सहभागी प्यानल र पेपर प्रश्तुतकर्ताहरूलाई म सन्देश दिन चाहन्छु कि भविष्यमा हाम्रो पेशाको लागि राम्रो र सम्भावना छ ।’

उहाँले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा नै चार्टर्ड चार्टर्ड एकाउन्टेन्टको विकास र बिस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?