यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०० पैसा र बिक्री दर १६८ रुपैयाँ ७६ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८८ रुपैयाँ र बिक्री दर ८८.२८ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०१ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २३ पैसा र बिक्री दर १० रूपैयाँ २७ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ र बिक्री दर ३५.६५ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.६६ पैसा र विक्रीदर ४३३.६१ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?