खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदानमार्फत सिंचाईगेट-माटिकोरे खेलमैदानजाने सडक बनाउन सुरु गरेको छ ।
पुरानो सोलिङ भएका कारण भत्केर धराप भएको सडकलाई नगरपालिकाले सोमबारदेखि श्रमदानमार्फत् ढलान गर्नेगरी बनाउन थालेको हो ।
श्रमदानबाट हाललाई ५० मिटर सडक ढलान गरिने जनाईएको छ । त्यसका लागि निर्माण व्यवसायी बुईपाका सुनिल राईले ३ लाख बराबरको(२.७ टन) रड, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले १ लाख बराबरको (४५ घनमिटर) गिटी, नुनथलाका वडाध्यक्ष भगेश्वर राईले ४० हजार बराबरको बालुवा, दिक्तेलका निर्माण व्यवसायी जोसेफ रिजालले ७० हजार बराबरको २१ घनमिटर बालुवा र दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलले ३ लाख बराबरको ३०० बोरा सिमेन्ट सहयोग गर्ने भएको छ ।
श्रमदानमा नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई, दिक्तेलका वडाध्यक्ष नवराज राईसहित नगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल पत्रकार महासंघ, खोटाङ उधोग वाणिज्य संघ, राजनीतिकदल, स्थानीयबासी, दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलका प्रतिनिधि र नेपाल सितोरियो कराते संघका १५ जना खेलाडी सहभागी भएका थिए ।
दैनिक सडक प्रयोग गर्नेहरु र सरोकारवालाहरुको उपस्थितिमा श्रमदानमार्फत् बनाईने सडकको गुणस्तरमा कुनै समस्या नहुने उपमेयर विसन राईले बताउनुभयो ।
सडक बनाउनलाई कोरा जनशक्तिले मात्रै नहुने भएकाले थप काम गर्न मिस्त्री लगाईने मेयर तीर्थराज भट्टराईले बताउनुभयो । जुनै पनि काममा राज्यको मुख ताक्ने सोचाईलाई विस्तारै परिवर्तन गर्न र पुर्खाहरुले चाडबाडमा गर्दै आएको श्रमदान परम्परालाई निरन्तता दिन श्रमदान अभियान चलाईएको उहाँकाे भनाइ छ । मेयर भट्टराईले भन्नुभयो, ‘श्रमदान अभियान निरन्तर जारी रहन्छ ।’
यो सडक दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलका विधार्थी, शिक्षक र कर्मचारीले दैनिक प्रयोग गर्ने सडक हो । यही सडक हुँदै नेपाल सितोरियो कराते संघ, जिल्ला खेलकुद विकास समिति र माटिकोरे खेलमैदानमा खेलाडीहरु ओहोर दोहोर गर्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच