काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने मेलाका लागि अधिकांश स्टल बुकिङ भइसकेको महासंघले जानकारी दिएको छ । मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशको पनि सहभागिता रहनेछ भने नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभेलियन र जुत्ता उत्पादक संघतर्फबाट ४० स्टलसहितको पेभेलियन रहनेछ । चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट आठ/आठ स्टलहरू रहनेछन् । दुर्ई सय १० स्टलमार्फत् मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
नेपाल सरकारको सहयोग तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेण्डर इभेन्टका रूपमा मेला आयोजना हुँदै आएकोमा यसपटकको नवौँ संस्करण हो । मेला नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न एक सशक्त माध्यम बन्दै आएको महासंघको भनाइ छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
महासंघका अनुसार मेलाकै अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डलबीच छलफल एवं बिजनेस म्याच मेकिङ कार्यक्रमसमेत राखिएको छ । सो अवसरमा कृषि, जडीबुटी, औषधि, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुनेछ । मेलामा आइएमई पे प्रमुख प्रायोजक रहेको छ भने इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी, सहप्रायोजकमा हेरिटेज फ्लोरिङ एण्ड कार्पेटिङ इण्डष्ट्री र आइएमएस ग्रुप रहेका छन् । इन्टरनेट पार्टनरमा मर्केन्टाइल कम्युनिकेसन प्रालि रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच