-नवराज शिवाकोटी
दोलखा । दोलखा सदरमुकाम चरिकोटमा १० दिने बृहत दोलखा महोत्सवको आयोजना गरिने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुष १३ गते देखि २२ गते सम्म बृहत दोलखा महोत्सवको आयोजना गरिने भएको हो ।
दोलखाका स्थानीय उत्पादको बजारीकरण, जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार प्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको आयोजनाबाट दोलखाको आर्थिक क्रियाकलापलाई बढाउन मद्दत पुग्ने दोलखा उद्योग वाणिज्य संघको आशा रहेको छ ।
महोत्सवमा दोलखामा उत्पादित सामग्रीहरुको स्टलहरु राखिनुका साथै हर्ष राइडिङ, विभिन्न प्रकारका मनोरञ्जनात्मक खेल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु, लोकगीत प्रतियोगिता,जातिय भेषभुषाको प्रदर्शनी, उत्कृष्ट कृषक तथा उद्यमी सम्मान, दोलखा रत्नहरुको सम्मान लगायतका कार्यक्रमहरु राखिएको दोलखा उद्योग वाणिज्य संघ का महासचिव सुरेस उप्रतिले बताउनुभयो । दोलखालाई महत्वपुर्ण आन्तरिक तथा बाह्य पर्यटकीय गन्तब्यको रुपमा चिनाउन महोत्सव सफलहुने दोलखा उद्योग बाणिज्य संघको विश्वास छ ।
महोत्सवमा विशेष गरी दोखलाका स्थानीय उत्पादनका स्टलहरु राख्न विशेष प्रोत्साहन दिइने आयोजकले बताएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल बाट गराउने तयारी भइरहेको अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच