ढुङ्गा प्रहारबाट प्रहरी हवल्दार घाईते, दुई जना पक्राउ

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । बझाङमा प्रहरी माथि ढुङ्गा प्रहार गर्दा एक प्रहरी हवल्दार घाईते भएका छन् । जिल्लाको केदारस्युँगाउँपालिका-९ बजार स्थित होटल के एम डिमा कोठा लिएर बसेका दुर्गाथली गाउँपालिका-२ का ३२ वर्षीय विनोद रावल र जयपृथ्वी नगरपालिका-७ का दिनेश महरले मादक पदार्थ सेवन गरेर एक आपसमा झगडा र हो हल्ला गरेका थिए ।

होटल सञ्चालक कौशिला धामीले प्रहरीलाई खबर गरेपछि प्रहरी हवल्दार गणेश मल्लको कमान्डमा ४ जनाको प्रहरी टोली गएकोमा उनीहरूले प्रहरीलाई ढुङ्गा प्रहार गर्दा सहायक प्रहरी हवल्दार योगेन्द्र खड्का घाईते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ढुङ्गा प्रहारबाट सहायक प्रहरी हवल्दार खड्काको टाउकोमा चोट लागेको छ ।

उहाँको प्राथमिक स्वास्थ्य चौकी झोतामा सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । कुटपिट गर्ने दुबै जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । कुटपिटबाट घाइते प्रहरी हवल्दार खड्काकाे अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?