काठमाडौं । आयोजक रेडियन्ट पब्लिकको जुनियर ब्वाइज र सिनियर गल्र्स दुवै टोली नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले पुष्पसदनलाई २७-१० ले पराजित गर्यो । रेडियन्टको जितमा विदान कार्कीले ८ अंक योगदान गर्नुभयो । जुनियर ब्वाइजमै दीप रोकायाको ६ अंक सहयोगमा ग्रीनफिल्डले श्री नवीन ज्योतिलाई १७-८ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
सिनियर गल्र्समा रेडियन्ट पब्लिकले जेनिथमाथि २३-१७ को जित दर्ता गर्यो । विजयी टिमका लागि दिब्यान्शा कार्कीले १८ अंक जोड्नुभयो । सिनियर ब्वाइजमा जेनिथले विल्सन एकेडेमीलाई ५६-३१, ज्ञानोदयले निसर्गलाई ५१-२० र एन्जल लर्डले ग्रीनफिल्डलाई ३६-२७ ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गर्नुभयो । जेनिथका सुशील शाहीले २०, ज्ञानोदयका दीपेश शाहीले २३ र एन्जल लर्डका रवि कार्कीले १७ स्कोर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच