काठमाडौं । खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्य-सचिवबाट खेलको बर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेश गर्ने व्यवस्था भएनुरूप राखेपका पूर्वसदस्य-सचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको वर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको छ ।
सदस्यहरुमा राखेपका पूर्वउपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सह-महासचिव पिताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, माउण्टेन स्पोर्ट्स फेडरेसन, नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई रहनुभएको छ । प्राविधिक प्रतिनिधिमा रञ्जन थापा तथा सचिवमा संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई हुनुहुन्छ ।
खेल संघलाई क्रियाशील बनाई खेलकुद गतिविधिहरुको कार्यन्वयनमा प्रभावकारिता ल्याउन बुधबार सदस्य-सचिव टंकलाल घिसिङबाट कार्यदल गठन गर्ने निर्णय गरिएको हो । कार्यदलले विस्तृत अध्ययन गरी २१ दिनभित्र राखेपका सदस्य-सचिव टंकलाल घिसिङ समक्ष प्रतिवेदन पेश गर्नुपर्ने छ ।
सदस्य-सचिव घिसिङ राखेपको नेतृत्वमा आएपछि राष्ट्रिय खेल संघलाई प्रभावकारी ढंगले अगाडि बढाउन क्रियाशील छन् । उनको कार्यकालमा २४ संघले निर्वाचन सम्पन्न गरिसकेका छन् भने कराते, शारीरिक सुगठन, मुवाँथाइ र पेन्टाथलन संघको एकिकरण समेत भइसकेको छ । खेल संघको संख्यालाई २ अंकमा झार्ने अभियानमा सदस्य-सचिव घिसिङ गम्भीर भएर कार्यन्वयको प्रक्रियामा लागि परेका छन् । जसका लागि उनले अपेक्षित परिणामसमेत हासिल गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच