काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग-२ को पहिलो सिरिज घरेलु मैदान आगामी फागुनमा खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उक्त त्रिदेशीय सिरिज फागुन ५ देखि सुरु हुनेछ । दुबै टोलीले समान २ खेल खेल्नेछन् ।
२०१९ देखि २०२३ सम्म १२ टेष्ट टोलीसँग सुपर लिग खेलेको नेदरल्याण्ड्स लिग २ मा झारेपछि पहिलो सिरिज नेपालसँग खेल्न लागेको हो । २०२७ सम्म चल्ने लिग-२ मा नेपाल, युएई, ओमान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् । नेपालले सबै देशको भ्रमण गर्नेछ ।
२०२७ को विश्वकपदेखि १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । २०२७ को विश्वकप दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेले आयोजना गर्नेछन् । २०२७ को विश्वकप ढाँचामा लिग २ का खेलहरु हुनेछन् । यसअघि २०१९ देखि २०२३ सम्म चलेको लिग २ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो । यसअघिको लिग २ मा शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाएका थिए । यो लिग २ पनि २०२७ को विश्वकप छनोटको चरण हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच