नेपाली कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन सम्पन्न

संघीय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न केन्द्रसँग माग

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

बुटवल । नेपाली कांग्रेसले लुम्बिनीले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ ।

शनिबारबाट सुरु भएर आइतबार सम्पन्न भएको कांग्रेसको पहिलो लु्म्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो।

सम्मेलनको समापनपछि उपस्थित सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले संघिय संरचना अनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गर्नुभयाे । ‘संघीय लोकतान्त्रीक गणतन्त्र अनुसार हाम्रो पार्टीको संरचनालाई पनि चलायमान बनाउन पर्यो । स्थानिय क्रियाशिल बनाउने र निर्देशन गर्ने काम पार्टीको स्थानिय समितिले गर्नुपर्छ।’ उहाँले भन्नुभयाे ‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ । केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पनि आग्रह गर्छौ । ’

प्रदेश सभापति पुनले संघिय सरकारले पनि संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिएर प्रदेशलाई चलायनमान गराउन सम्मेलन मार्फत आग्रह गरिएको जानकारी दिनुभयाे ।

प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्छ सम्मेलनमा सुझाब उठेको छ । मुलुकको विकास र समृद्धिको लागि अरु पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नु पर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने गर्ने निर्णय गरेको छ । संघदेखी वडा संरचनासम्म अरु पार्टी सँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने प्रदेश सभापति पुनले बताउनु भयाे ।
मुलुकका अहिले समस्या र उत्पन्न परिस्थितीका कुरालाई सबै मिलेर एकताबद्ध गर्न सैबै पार्टी जानुपर्छ भन्ने सन्देश दिएको छ ।

यस्तै कांग्रेसको क्रियाशिलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेसन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनले आग्रह गरेको छ ।

पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट सोतह प्रतिनिधि भन्ने व्यस्था खारेज गर्न, सबैले तलैदेखी लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ ।

शनिवार सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनको आइतबार बन्द सत्र भएको हो । कांग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यतामा भएको बन्द सत्रमा केन्दीय सदस्यहरुको पनि सहभागीता रहेको थियो ।

बन्द सत्रमा प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेद, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्धारा प्रस्तुत सांगठनीक प्रतिवेदन र कोषाध्यक्ष प्रकास रानाद्धारा प्रस्तुत प्रतिवेदन माथि ४ वटा समूह बनाएर छलफल भएको थियो । समूहगत छलफलमा पार्टीको आन्तरिक गतिविधि सँगै मुलुकका समस्याका बारेमा पनि प्रतिनिधिहरुले सुझाब व्यक्त गरेका थिए ।

समूहगत छलफलका सुझाबहरु समूहका नेताहरुले बन्द सत्रमा पेश गरेका थिए । प्राप्त सुझाबलाई समेत समेटिने गरि प्रस्तुत प्रतिवेदनहरु पारित गरिएको थियो । सम्मेलनको शनिवार केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएकाे थियाे । सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरु, प्रदेश अधिवेसन प्रतिनिधि, जिल्ला सभापतिहरु, भातृ तथा सुभेक्षुक संस्थाका प्रतिनिधि गरि ७ सय बढिको सहभागीता थियो ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?