ओखलढुंगामा १ करोड १८ लाख लागतमा बी.पी स्मृति भवन निर्माण 

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

-राजकुमार कार्की
ओखलढुंगा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगामा करिब १ करोड १८ लाख लागतमा बी.पी स्मृति भवनको निर्माण सम्पन्न गरेको निर्माण गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले साे भवनको निर्माण गरेकाे हाे ।

गत मंगलबार उक्त भवनको पूर्वप्रधान मन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार औपचारिक उद्घाटन गर्नुभएकाे हाे ।

निर्माण सम्पन्न भएको ५ तले भवनमा वेटिङ हल मिटिङ हल कार्यालय, सभापतिको कार्यालय, उपसभापतिको कार्यालय लगायत महामन्त्रीको कार्यालयको समेत ब्यवस्था गरिएको छ । कार्यालयमा आउने आगन्तुक तथा पार्टी सदस्यहरुलाई बस्नको लागी पहिलो तलामा वेटिङ हलमा बस्ने व्यवस्था गरिएको छ । पार्टीका गतिविधी तथा बैठक आफ्नै हलमा बस्ने गरेको र बैठकको लागी अन्य ठाउँमा भाडा तिर्न नपरेको सभापति तेजेन्द्र खनालले बताउनु भयो ।

जिल्ला कार्यसमितिले निर्माण समिति नै बनाएर भवनको निर्माण गरेको थियो । निर्माण समितिले निर्माण सम्पन्न गरी मंगलबार नै जिल्ला कार्यसमितिलाई हस्तान्तरण गरिएको निर्माण समितिले जानकारी दिएका छन् । करिब २ वर्ष भन्दा बढी समय अगाडी नै निर्माण सम्पन्न भएको उक्त भवनको सभापति शेर बहादुर देउवाको समय नमिलेका कारण उद्घाटन गर्न केहि ढिला भएको जिल्ला कार्यसमितिले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रममा सभपति देउवासँग महामन्त्री गगन कुमार थापा, सहमहामन्त्री भिष्मराज आङदेम्बे, नेता शेखर कोइराला,मिन बिश्वकर्मा, केन्द्रिय सदस्यद्वय प्रदिपकुमार सुनुवार, रामहरि खतिवडा कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की छिमेकी जिल्लाका पार्टी सभापतिहरुको उपस्थिती रहेको थियो ।

६ आना २ पैसा जग्गामा ५ तले भवनको निर्माण गरिएको छ । करिब १ करोड १८ लाख भन्दा बढी लागतमा निर्माण सम्पन्न गरेको निर्माण समितिका सदस्य सर्बधन तामाङले जानकारी दिनु भयो । ओखलढुंगा सदरमुकाममा बनेको भवनले पार्टीका विभिन्न गतिविधी सन्चालन गर्न सजिलो भएको बताएका छन् । पार्टीको बैठक, नेता तथा कार्यकर्ता बिचमा भेटघाट कुराकानी गर्न सजिलो भएको जिल्लास्थित नेताहरुले जानकारी दिएका छन् । भवन निर्माणमा आर्थीक सहयोग गर्नेहरुको शिलालेखमा नाम लेखि भित्तामा टाँसिएको छ । भवन निवर्तमान सभापति प्रदिप कुमार सुनुवारको पालामा निर्माण सम्पन्न भएको थियो । उक्त भवनमा स्व.मित्रसेन दाहाल पुस्तकालय समेत निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?